बिर्तामोड । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  ३ सय रुपैयाँले ओरालो लागेको छ । तोलामा नै एक हजार १ सय रुपैयाँले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार भएको थियो । 

OM Sai Pathibhara Hospital

 यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा८९ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार ३ सय ६० रुपैयाँमा मङ्गलबार कारोवार  भएको चाँदी आज भने एक हजार ३ सय ४५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।