काठमाडौं । गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । 

सुलिकोट गाउँपालिका–१, बारपाकका तीलबहादुर गुरुङसहित उनकी बुहारी आइतकुमारी गुरुङ र नातिनी १२ वर्षीया उषा घरभित्र मृत फेला परेका हुन् । 

OM Sai Pathibhara Hospital

सोमबार बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरुले ढोका खोलेर हेरेका थिए । घरभित्र तीन जना मृत भेटिएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार मुखबाट फिज निस्केको अवस्थामा तीनैजनाको शव फेला परेको छ । घटनाको कारण अहिलेसम्म खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।