बिर्तामोड। नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू -भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ ।

माहाशाखाका अनुसार आइतवार प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । सोमवार प्रदेश १, गण्डकी र सुदुर पश्चीम प्रदेशका पहाडी तथा हिमाली भू९भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

OM Sai Pathibhara Hospital

मंगलवार देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडि भू९भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।