बिर्तामोड। नेपालमा बसोबास गर्ने मारवाडी समाजमा इतिहासमा अमुल्य योगदान गर्ने व्यक्तिहरुको सम्झनामा मारवाडी गौरव ग्रन्थ प्रकाशित हुने भएको छ । 

नेपालमा रहेर मृत्यु भएका मारवाडी समाजका अग्रणीहरुले आफनो जिवनकालमा समाजको लागि गरेका योगदान, गौरव गरिने खालको अविस्मरणीय घट्नाहरुको सगांलोको रुपमा ग्रन्थ प्रकाशन गरिन लागेको समाजसेवी भीखमचन्द सरलले बताए ।

OM Sai Pathibhara Hospital

मारवाडी तथा अन्य भाषा समेत मा सन्दर्भ सामग्री  प्रकाशित हुने सो ग्रन्थ नेपालमा पहिलो पटक मारवाडी समुदायको भुमिका र योगदानको उल्लेख्य विवरण हुने भएको छ ।

ग्रन्थ प्रकाशनको लागि भीखमचन्द सरलको अध्यक्षतामा गठित समितिमा लक्ष्मण नेवटिया, डा. दिलिप जालान (महासचिव), गिरिराज अटल, इन्दु तोदी, फुलकुमार लालवाणी र पकंज शर्मा रहेका छन् ।समितिले आवश्यकता अनुसार समितिको विस्तार गर्ने छ ।