बिर्तामोड । शक्तिशाली हिमआँधी आउँदा अमेरिकामा अहिलेसम्म २० जनाको ज्यान गएको छ। 

टेक्सास, केन्टुकी, नर्थ क्यारोलिना र मिजौरीलगायत राज्यहरूमा आँधीले निकै असर गरेको छ। विद्युत प्रवाह, फोन नेटवर्क र यातायात सेवा ठप्प भएको छ।

OM Sai Pathibhara Hospital

स्थानीय मिडियाहरूले गरेको अपडेटअनुसार हिमआँधीमा परी अहिलेसम्म २० जनाको मृत्यु भएको र लाखौं मानिसहरू सञ्‍चार सम्पर्कविहीन भएकाले उनीहरूको अवस्था थाहा पाउन नसकेको स्रोतले जनाएको छ ।

अत्यधिक चिसो बढेको, तर हिमआँधीका कारण विद्युत कटौती हुँदा निकै सकस परेको छ। सडकदेखि घरसम्म जताततै आँधीमा आएको हिउँ थुप्रिएको छ।