बिर्तामोड । सुनको मुल्य दिनदिनै बढ्दै गए सँगै आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

आज छापावाल सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ।

त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।