बिर्तामोड / नक्कली कर  बिजक प्रयोग गरी करिव एक अर्ब रुपैंया  बराबरको राजस्व छली भएको तथ्य पत्ता लागेको छ । १३ व्यक्ति संलग्न रहेको गिरोहले विभिन्न ११ वटा फर्मको नाममा विभिन्न बैंकमा खाता सञ्चालन गरी एक अर्व रुपैंया बराबरको कर छली गरेका हुन् ।

सो गिरोहले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको अनुशन्धानका क्रममा भेटिएको राजश्व अनुशन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी गराएका छन् । 

OM Sai Pathibhara Hospital

यति ठुलो कर छलीको घटनामा सर्लाहीको बलरा–७ का सुवोध साहसहित १० जना र उनीहरूको मतियारको रुपमा अन्य ३ गरी १३ जनाको संलग्नता रहेको विभागले जानकारी गराएको छ । उनीहरूले ९१ करोड ३० लाख ५६ हजार  रुपैंया बराबरको कर छली गरेको विभागको भनाई छ । 

सुबोध साहसमेतले कर बिजकको कारोवार गर्ने सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीसमेतको मिलेमतोमा ११ वटा फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि करको बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको विभागको अनुसन्धानमा खुलेको छ ।

कर छलीको सो विषयमा अनुशन्धान पुरा गरी बिगो असुलका साथ जरिवाना र कैद सजाय माग सहित मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको महानिर्देशक मैनालीले जानकारी गराएका छन् । 

विभागले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड ९क०, ९ख०, र ९छ० बमोजिम कसुर गरेको दावी सहित मुद्दा दर्ता गरेको हो । 

लेखापरीक्षण प्रतिवेद बनाएर सो गिरोहलाई कर छलीमा सहयोग गरको भन्दै लेखा परीक्षक कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालाविरुद्ध समेत विरुद्द विभागले  मुख्य अभियुक्तले पाउने सजायको आधा सजायको माग दाबी सहित मुद्दा दायर गरेको छ ।