बिर्तामोड / बैतडीकी युवती भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न व्यक्ति पत्ता लागेका छन् । गाउँकै युवक दिनेश भट्टले उनको हत्या गरेको प्रहरीले जनाएको छ । ती युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका युवकले अपराध स्वीकार गरेको सुुदुरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए । रिसइवीका कारण त्यसरी उनको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको सिंहले जानकारी गराए ।

OM Sai Pathibhara Hospital

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने एसएसपी सिंहले बताए । दुई साताअघि स्कुलबाट फर्कने क्रममा उनको बलात्कारपछि हत्या भएको थियो ।क्रममा उनको बलात्कारपछि हत्या भएको थियो ।

 भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी नै हत्यारालाई कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको खुलेको छ ।

भारगरथीको हत्याभएपछि हत्यारालाई कारवाही गर्न माग गर्दै नागरिक स्तरबाट भएको आन्दोलनमा भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट पनि सहभागी थिए ।