बिर्तामोड / सुन्दै पत्यार नलाग्ने बलात्कारको एउटा घटना सार्वजनिक भएको छ । झापाको कनकाई नगरपालिका–७ बिरीङ नदी क्षेत्रको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषलाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।


OM Sai Pathibhara Hospital

झापाकै कनकाई–७ का  ३० वर्षीय पुरुष अप्राकृतिक यौन क्रियाकलापमा परी घाइते भएको घटना सार्वजनिक भएको हो । घाईतेको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले स्रोतले जानकारी गराएको छ। घाईतेले प्रहरीलाई दिएको बयानका आधारमा घटनामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ का २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको बताइएको छ ।


जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरिक्षक राकेस थापाले घाइतेको उपचार भइरहेको र पक्राउपर्नेको अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी गराए ।