काठमाडौं / पछिल्लो समय धर्मपीता भनिएका बिनयजंग बस्नेतसँगको संबन्धलाई लिएर विवाद अनि चर्चामा रहेकी सपना रोक्का मगर सम्मानित भएकी छन् । बीबीसीको १०० प्रेरणादायी महिलाको सूचीमा परेकी सपना रोका मगरलाई आर्थिक सहयोग जुटेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले आईतबार काठमाडौंमा ६ लाख रुपैयाँसहित उनलाई सम्मान गरेको हो ।


OM Sai Pathibhara Hospital

मोना युकेका प्रमुख सहसंयोजक क्याप्टेन जीतबहादुर घर्तीले एक कार्यक्रम गरी सपनालाई ६ लाख रुपैयाँ र सम्मान पत्र प्रदान गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजास्थित बुकेनीकी सपनाले बिनयजंग बस्नेतसँ मिले वेबारिसे शव व्यवस्थापन गर्दै आएकी थिइ्न् । पछिल्लो समय विनयजंग बस्नेतसँग तिक्तता भएपछि सपनाले आफैले संस्था खोलेकी छन् ।


सपनाले हालै मात्र आफूमाथि यौन दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिएको भन्दै विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरीले बस्नेतविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको जनाईएको छ । सपनालाई ६ लाख रुपैयाँमा चार लाख उच्च शिक्षाका लागि र दुई लाख रुपैयाँ सपनाको नयाँ संस्था (फाउण्डेशन)लाई सहयोग गरेको मोना युकेका कोषाध्यक्ष पदसुन्दर गर्बुजाको भनाई छ । 


मोना युकेले म्याग्दीका बाढीपहिरोबाट विस्थापित परिवारको पुर्नवासका लागि सात लाख रुपैयाँ समेत मोना अन्तर्राष्ट्रिय संघका पदाधिकारी राम थापालाई हस्तान्तरण गरेको छन् ।