बिर्तामोड । प्रेस संगठन झापाको बिस्तारीत बैठकले संगठनका केन्द्रिय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय ‘संगठन सुदृढिकरण तथानिर्वाचन परिचालन कमिटी’ गठन गरेको छ ।


OM Sai Pathibhara Hospital

आज काँकडभिट्टामा बसेको बैठकले गठन गरेको समितिले झापामासंगठन बिस्तारसँगै पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनहरुसँग वार्ता, समन्वय,उम्मेद्वार चयन र सिफारीस गर्ने बताइएको छ । संगठनका झापा अध्यक्ष मुक्ति पौडेलकोअध्यक्षतामा भएको बैठकद्वारा गठित सदस्यहरुमा दयाराम दाहाल, तीर्थ सिग्देल, तारामणि सापकोटा,भीमा शिवाकोटी, मुक्ति पौडेल र राजु अधिकारीलाई सदस्यमा चयन गरेको छ ।


भेलाले बिभिन्न क्षेत्रमा रहेका सञ्चारकर्मीहरुसँग अन्तक्रिया कार्यक्रमगर्नुका साथै फिल्डमा कार्यरत सञ्चारकर्मीका समस्याको बिषयमा मत संकलन गर्ने निर्णयगरेको छ । सञ्चारकर्मीको पेशागत सुरक्षा तथा दक्षता अभिबृद्धिमा गर्न सक्ने कार्यहरुकाबारेमा सुझाव दिन संगठनले आग्रह गरेको छ ।