काठमाडौं । प्रतिगमन तथा महिला हिंसा र विभेदविरूद्ध महिलाले काठमाडौंमा मार्चपास गरेका छन् । उनीहरुले प्रतिकात्मक शवसहित मार्च पास गरेका हुन् ।


OM Sai Pathibhara Hospital

कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागी भएका थिए । प्रतिकात्मक शव र मलामीसहित बसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेपछि सभामा परिणत भएको थियो ।


बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको र सरकारले यसैबेला तानाशाह प्रवृति देखाइरहेको भन्दै महिलाहरु त्यसको विरोधमा सिंहदरबारमा मार्च पास गरेका हुन् । 


यो मार्च पासको अगुवाइ ‘बृहत नागरिक आन्दोलन’ले गरेको छ ।