भद्रपुर / नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले प्रधानमन्त्रि केपी शर्मा ओली संसद विघटन गरेर वर्तमान व्यवस्था नै समाप्त पार्ने खेलमा लागेको दावी गरेका छन् । गृह जिल्ला झापा आएका उनले काठमाण्डौ फर्किनु अगाडि स्थानिय संचारकर्मीसँग बोल्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्।
नेता सिटौलाले आफ्नो दलभित्रको विवाद सम्हाल्न नसकेपछि व्यवस्था नै समाप्त पार्ने खेलमा प्रधानमन्त्रि ओली लागेको दावी गर्दै निर्वाचन नभएको स्थितिमा राजसंस्था समेत फर्किने संभावना देखिन थालेको घुमाउरो भाषामा उल्लेख समेत गरेका छन् । संचारकर्मीले राजसंस्था अन्त्यको समयमा आएको वेवि किंगको प्रसंग कोट्याएपछि नेता सिटौलाले व्वस्था नै नरहेको अवस्थामा जुनसुकै शक्तिको पनि उदय हुन सक्ने जिकीर गरेका थिए । उनले भने – संघिय गणतान्त्रिक व्यवस्था नै समाप्त पार्ने गरी ओलीले संविधान विपरीतको कदम चालेकाले देश नै अस्थिरता अशान्तिको वाटोमा पुगेको छ ।
प्रधानमन्त्रिको संसद विघटनको कदम संविधान र कानुन विपरीत रहेको वताउँदै सो कदमका विरुद्द संपुर्ण राजनितिक दल र नागरीकलाई संघर्षमा उत्रिन अपिल समेत गरेका छन् । अदालतका निर्णयको पर्खाईमा नेपाली कांग्रेस कहिल्यै नउभिएको ईतिहाँस स्मरण गराउँदै उनले ओलीका कदमको विपक्षमा नउभिए लामो संघर्ष अनि बलिदानीवाट प्राप्त भएको वर्तमान व्यवस्था नै नरहने अवस्था आएको बताएका छन् ।
संसद विघटनको निर्णय अदालतको मात्रै विषय नभएको जिकीर गर्दै उनले जनताको सरोकार अनि सार्वभौम जनताको अधिकारको विषय भएकाले यो विषयमा आफ्नो दल मौन बस्न नसक्ने वताएका छन् । अदालतले जनभावना अनि संविधानको व्यस्थामा टेकेर मात्रै फैसला गर्न सक्ने समेत उनले उल्लेख गरे । नेता सिटौलाले सर्वोच्च अदालतमा जुनसुकै पृष्ठभुमिवाट पुगेका न्यायाधिष भएपनि संविधानमा उल्लेख भएका बुँदा बाहिर गएर फैसला गर्न नसक्ने वताएका छन् ।
प्रधानमन्त्रि ओलीको संसद विघटनको निर्णय आफ्नै दलभित्रको असन्तुष्टिको उपज भएपनि पछिल्ला समयमा उनले देखाएका कृयाकलापका कारण व्यस्थानै सक्ने वाटोमा लागेको आशंका गर्ने ठाउँहरु उब्जिएको समेत सिटौलाले वताएका छन् । सत्तासिन दल देशभित्र विवाद र समस्या आउँदा हल गर्ने वाटोमा लाग्नु पर्नेमा आफैं सडकमा आएर भिडन्त अनि मुडभेढको दिशामा हिनेकाले संसद पुर्नस्थापनाका लागि आम जनता संघर्षमा उत्रिन आवस्यक रहेको समेत नेता सिटौलाले वताएका छन् ।
नेकपाको कुन समूह ठिक हो नि भन्ने प्रश्नमा उनले पछिल्लो घटनालाई हेर्दा नेकपाको प्रचण्ड–नेपाल समूह नै ठिक देखिएको वताउँदै भने – उहाँहरु दुवै समूहले एक अर्का विरोधमा लगाएका आरोप सुन्ने हो भने नेपाली जनताका लागि दुवै समूह ठिक नरहेको देखिन्छ ।