‘खुदा गवाह’देखि अमिताभको कोठासम्म : मुस्ताङको ओम्स होमको कथा

7 Shares
alt

काठमाडौं। सन् १९९१ बलिउडको बहुचर्चित चलचित्र ‘खुदा गवाह’को कथा अफगानिस्तानको पृष्ठभूमिमा आधारित थियो । चलचित्रको कथाअनुसार अफगानिस्तानमै छायाङ्कन गर्नुपर्ने भए पनि त्यति बेला त्यहाँको आन्तरिक द्वन्द्वका कारण सुटिङ सम्भव भएन। त्यसपछि निर्माण टोलीले वैकल्पिक लोकेसनको खोजी थाल्यो ।

लामो लोकेसन हन्टिङपछि निर्देशक मुकुल आनन्दको नजर नेपालको दुर्मुगम क्षेत्र मुस्ताङमा पुग्यो । मुस्ताङको मरुभूमिजस्तो भूगोल, नाङ्गा पहाड र अफगानिस्तानसँग मिल्दोजुल्दो प्राकृतिक दृश्यले चलचित्रका लागि उपयुक्त स्थान भेटियो । अन्ततः जोमसोम, स्याङ, ठिनी लगायतका क्षेत्रलाई छायाङ्कनका लागि रोजियो। उपलब्ध अभिलेखहरूले पनि सन् १९९१ अक्टोबरमा ‘खुदा गवाह’को छायाङ्कन मुस्ताङमा भएको पुष्टि गर्छन् ।

तर बलिउडका ठूला कलाकार अमिताभ बच्चन, श्रीदेवी र डेनी डेङजोङ्पा नागरजुङ, किरण कुमार सिरोकटर मुस्ताङ लैजाने भएपछि अर्का उनीहरूलाई बसाउने होटेल कहाँ ?

त्यति बेला जोमसोममा रहेको ओम्स होम मुख्य रोजाइमा प¥यो। होटेलका सञ्चालक विष्णुराज हिराचनले कलाकारहरूको आवश्यकता हेरेर होटेलमा आवश्यक सुविधा थपे । हिराचनका अनुसार अमिताभ बच्चन आउनुअघि होटेलका केही कोठाको सुविधा स्तरोन्नति गरी प्यानलाई हटाई कमोड बाथरुमसमेत तयार पारिएको थियो ।

त्यो समय मुस्ताङमा आजजस्तो आधुनिक होटेल सुविधा थिएन । अमिताभ बच्चनका लागि तयार पारिएको कोठा र त्यसमा रहेको संलग्न बाथरुम आफैंमा विशेष सुविधा बनेको थियो । यही कारण ओम्स होम पछि ‘खुदा गवाह’को सम्झनासँग अभिन्न रूपमा जोडिन पुग्यो ।

सुटिङका क्रममा अमिताभ बच्चनसहित चलचित्रका मुख्य कलाकारहरू ओम्स होममै बसे । हिराचनको अनुसार त्यस सुटिङमा ८५,८६को टिम रहेको थियो जुन जोमसोम एयरपोर्टेको ८ वटा होटेलमा बसेका थिए । सुटिङ स्थल जानलाई त्यस बेला७०,८० घोडा भारतिय फिल्म टिमले प्रयोग गरेका थिए जसको फाइदा घोडा पालकले लिएको थियो । होटेलमा रहेका अमिताभ बच्तचन र बिषणु हिराचनको तस्बिर आज पनि त्यहाँको इतिहासको एउटा महत्त्वपूर्ण पाटोका रूपमा सम्झिने गरिन्छ । 

‘खुदा गवाह’को छायाङ्कनपछि मुस्ताङको चर्चा भारतसम्म मात्र सीमित रहेन । चलचित्रमा देखिएका मुस्ताङका दृश्यले भारतीय दर्शकलाई यस भूगोलप्रति आकर्षित ग¥यो । पछिल्ला वर्षहरूमा पनि भारतीय पर्यटकहरू अमिताभ बच्चन बसेको कोठा हेर्न र त्यहीँ बस्न रुचाउने गरेको विवरण सार्वजनिक भएका छन् ।

ओम्स होमका सञ्चालक विष्णुराज हिराचनका लागि यो केवल एउटा चलचित्रको सुटिङ थिएन । त्यो घटना मुस्ताङको पर्यटन इतिहासकै एउटा महत्त्वपूर्ण मोड बन्यो । ‘खुदा गवाह’पछि मुस्ताङ चलचित्र छायाङ्कनको चर्चित गन्तव्यका रूपमा स्थापित हुँदै गयो र आज पनि यहाँ नेपाली तथा विदेशी चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्रीको छायाङ्कन हुने क्रम जारी छ । 

तीन दशकभन्दा बढी समयपछि पनि जोमसोमको ओम्स होममा ‘अमिताभ बच्चन बसेको कोठा’को कथा जीवित छ । एउटा चलचित्रको छायाङ्कनका लागि बनाइएको त्यो विशेष व्यवस्था आज मुस्ताङको पर्यटन र चलचित्र इतिहाससँग जोडिएको स्मृतिका रूपमा स्थापित भएको छ ।

हाल उक्त होटेल २०१३ देखि हिराचनले मनाङका पर्यटन व्यवसायी त्रिपल पी गुरुङलाई भाडामा दिएको छ, गुरुङले नै चलाइरहेको छ । हाल उक्त होटेलमा ३३ वटा सुविधा युक्त कोठा रहेको छ र हाल पनि भि आई पी पर्यटकहरूको मुख्य रोजाई होटेल ओेम्स होम पर्ने गर्छन् । 

यति मात्र होइन २०३३ सालमा राजा विरेनद्रका ३ वटै दाजुभाइ मुस्ताङ आउने बेला यही होटेलमा खाना खाएको थियो, १९९२मा डेनमार्कका राजकुमार पनि यही बसेको थियो । यस्ता थुप्रै मुस्ताङ आउने भि आई पी, राजदूत, कूटनीतिज्ञ, फिल स्टारहरूको रोजाई होटेल ओम्स होम थियो र हाल पनि रहनेछ र भविष्यमा पनि रहन्छ ।

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.