बेलबारी/ मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ ले टोलविकास संस्थाहरुलाई  इलेक्ट्रीक स्प्रे मेसिन बितरण गरेको छ ।

एक कार्यक्रमका बिच टोल बिकास संस्थाका प्रतिनिधिहरुलाई वडा नम्बर ३का वडा अध्यक्ष योगेन्द्र सुवेदीले स्प्रे मेसिन हस्तान्तरण गरेका हुन । तरकारी,फलफुल तथा मसला बालीको पकेट क्षेत्रका रुपमा बिकास गरीरहेको वडा कार्यालयले किसानहरुलाई लक्षित गरेर टोल विकास संस्थालाई इलेक्ट्रीक स्प्रे मेसिन दिएको हो ।

OM Sai Pathibhara Hospital

वडा कार्यालय कागती,सजिवन, च्याउ, खुर्सानी तथा प्याजका बिरुवा समेत वडाका किसानहरुलाई बितरण गरिसकेको वडा अध्यक्ष सुवेदीले बताए । यस्तै वडाकै अगुवा किसान कृष्ण राईलाई टनेल तथा स्प्रे मेसिन बितरण गरेको छ । किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यले स्प्रे मेसिन बितरण गरीएको वडा कार्यालयले जनाएको छ ।