धरान/ नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको बालुवाटारमा निकालेको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बृहत नागरिक आन्दोलनको आहृवानमा माटोको टीका लगाएर आन्दोलनमा सहभागीहरुलाई प्रहरीले अगाडि बढ्न नदिई पानीको फोहोरा र लाठी प्रहार गरेको थियो ।
नागरिक समाजका प्रतिनिधि, लेखक, कलाकारहरुको सहभागीता रहेको आन्दोलनमा प्रहरीको लाठी प्रहारबाट केही घाईते समेत भएका छन् । आन्दोलनमा सहभागी लेखक तथा पत्रकार नारायण वाग्लेले शान्तिपूर्ण धर्नामा प्रहरीले बर्बर दमन गरेको भन्दै अब तेस्रो जनआन्दोलन सुरु भएको बतएका छन् ।
प्रहरीले भने आन्दोलनकारीहरु बालुवाटारमा निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि रोकिएको र सामान्य बल प्रयोग भएको बताएको छ ।