काठमाडौं — रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृंखलाबद्ध रूपमा शक्तिशाली भूकम्पहरू गएको अमेरिकी भूगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ।स्थानीय समयअनुसार आइतबार बिहान सुरुमा ५.० र त्यसपछि ६.७ म्याग्निच्यूडको भूकम्प मापन गरिएको थियो। प्रारम्भिक झट्काबाट सुनामीको तत्काल जोखिम छैन भन्ने बताइएको थियो। तर ग्रीनविच समयअनुसार आइतबार बिहान ८:४९ मा ७.४ म्याग्निच्यूडको ठूलो भूकम्प आएपछि सुनामीको सम्भावना बढेको जनाइएको छ।युएसजीएसका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु पेट्रोपाभलोभ्स्क–कामचात्स्की शहरबाट करिब १५० किलोमिटर पूर्व प्रशान्त महासागरमा रहेको थियो। प्रारम्भिक भूकम्पपछि धेरै पराकम्पन
काठमाडौं – रुसले शनिबार आफ्नो सेनाले युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको घोषणा गरेको छ । युक्रेनले पनि सोही दिन रुसी आक्रमणलाई प्रतिवाद गरेको बताएको छ ।रुसको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो ब्रीफिंगमा भनेको छ कि उसको सेनाले विगत २४ घण्टामा धेरै मोर्चाहरूमा आक्रमण गरेको छ । युक्रेनी सैन्य भर्ती केन्द्रहरू, सैन्य हवाई अड्डा पूर्वाधारहरू र उड्डयन मर्मत प्लान्टहरूलाई लक्षित गर्दै आक्रमण गरेको रुसको दाबि छ ।यसका साथै, रुसी मन्त्रालयका अनुसार, रुसी वायु रक्षा प्रणालीले छवटा हवाई बमहरू नष्ट गरेको छ र युक्रेनले प्रक्षेपण गरेको ३४९ ड्रोनहरू खसालेको छ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सोही दि
काठमाडौं – भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ। भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारण सो दुर्घटना भएको हो। पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए।उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्।एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन्। त्यहाँ निकालिएको शव मध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ।
एजेन्सि— दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो ।उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् । दुई दशकसम्म उनको अवस्थाले
एजेन्सी । जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी भन्सार दुवै देशको अर्थतन्त्रका लागि हानिकारक हुने बताएका छन् । उनले युरोपेली संघ र संयुक्त राज्य अमेरिका बीचको भन्सार वार्ता अन्तिम चरणमा प्रवेश गरेको पनि बताए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि युरोपेली संघको निर्यातमा ३० प्रतिशत कर लगाउने योजनाको घोषणा गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको हो । युरोपेली संघका प्रवक्ताले व्यापार तथा आर्थिक सुरक्षा आयुक्त मारोस सेफकोभिक हाल अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग वार्ताको तयारी भएको पुष्टि भएको छ । अमेरिकाले करहरू जारी राख्यो भने युरोपेली सं
काठमाडौं । रुसले शुक्रबार आफ्नो सेनाले युक्रेनी सैन्य स्थलहरूमा आक्रमण गरेको र थप बस्तीहरू नियन्त्रण गरेको बताएको छ ।युक्रेनले पनि धेरै क्षेत्रमा कुनै पनि रूसी सफलताको प्रयासलाई विफल पार्ने वाचा गरेको छ । रुसी रक्षा मन्त्रालयले रिपोर्ट गरेको छ कि गत हप्तामा, रुसी सेनाले युक्रेनी सैन्य औद्योगिक उद्यमहरू, सैन्य विमानस्थलहरू, ड्रोनहरू र मानवरहित डुङ्गाहरूको संयोजन र भण्डारण स्थलहरू, र इन्धन र उपकरण डिपोहरूमा पाँच क्लस्टर आक्रमणहरू गर्न हवाई–आधारित उच्च हतियार र आक्रमण ड्रोनहरू प्रयोग गरेको छ ।रुसी सेनाले खार्किभ क्षेत्र, डोनेट्स्क क्षेत्र र जापोरिज्झिया क्षेत्रमा १० वटा बस्तीहरू नियन्त्रण गरेको छ
शुक्रबार बमको धम्कीपछि दिल्लीका विभिन्न विद्यालयहरूमा सुरक्षा सतर्कता कडा पारिएको छ। रिचमन्ड ग्लोबल स्कूल, सोभरिन स्कूल, मोडर्न इन्टरनेशनल स्कूल, र हेरिटेज स्कूलमा प्रहरी र अग्नि नियन्त्रक टोली तैनाथ गरिएको हो।रिचमन्ड ग्लोबल स्कूलकी प्रिन्सिपल मौपाली मित्राका अनुसार, बम राखिएको चेतावनीसहितको इमेल प्राप्त भएपछि तुरुन्तै प्रहरीलाई जानकारी दिइएको थियो। बम डिस्पोजल टोली र अन्य सुरक्षा निकायको सहयोगमा विद्यालय परिसर जाँच गर्दा कुनै विस्फोटक पदार्थ फेला परेन।अधिकारीहरूका अनुसार, दिल्लीका २० भन्दा बढी विद्यालयले शुक्रबार बमको धम्कीसहितको इमेल प्राप्त गरेका छन्। पछिल्ला तीन दिनमा दिल्लीका झण्डै १० वटा
एजेन्सी – रुस र युक्रेनले एकअर्काको ड्रोन खसालेको दाबी गरेका छन्। बिहीबार दुई देशको छुट्टाछुट्टै ब्रिफिङमा ठूलो सफलता हासिल गरेको समेत बताएका छन् ।रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका तीन बस्तीहरू – डोनेट्स्क क्षेत्रको पोपोभ यार, जापोरिझिया क्षेत्रको कामियान्स्के र खार्किभ क्षेत्रको डेगत्यार्ने नियन्त्रणमा लिएको दाबी गरेको छ ।रूसी वायु रक्षा प्रणालीले विभिन्न स्थानहरूमा १२२ युक्रेनी ड्रोनहरू खसालेको बताएको हो । युक्रेनी वायुसेनाका अनुसार रूसी सेनाले युक्रेनमा ६४ वटा ड्रोन प्रहार गरेको छ । तर युक्रेनी सेनाले ३६ वटा ड्रोन खसालेको दाबी गरेको छ ।युक्रेनको सशस्त्र बलको जनरल स्टाफले
नयाँ दिल्ली — दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा डेंगु संक्रमणका कारण अस्पतालमा भर्ना भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी अहिले अस्पतालमा उपचाररत छन् र जुलाई २० मा डिस्चार्ज हुने अनुमान गरिएको छ। परिवारका सदस्यहरू उनलाई साथ दिइरहेका छन्।इन्स्टाग्रामको एक पोस्टमार्फत उनलाई डेंगु भएको दाबी गरिएको छ, तर विजय वा उनको टिमले औपचारिक रूपमा केही प्रतिक्रिया दिएका छैनन्।यसअघि उनलाई अवैध सट्टेबाजी एपहरूको प्रचार गरेको आरोपमा पनि मुछिएको थियो। हैदराबाद प्रहरीले दर्ता गरेको उजुरीका आधारमा ईडीले जुलाई १० मा उनलाईसहित २९ जना सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता गरेको हो।विजय देवरकोन्डा चाँडै नै फिल्म ‘क
काठमाडौं — सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार दक्षिणी सिरियामा पछिल्ला दिनहरूमा भएको हिंसात्मक झडपमा कम्तीमा ५९४ जनाले ज्यान गुमाएका छन्। बेलायतस्थित मानव अधिकार संस्थाले हिंसा आइतबारदेखि सुरु भएको र त्यसमा चरम क्रूरता देखिएको जनाएको छ। मृतकमध्ये करिब ३०० जना ड्रुज समुदायका हुन्, जसमा १४६ जना लडाकु र १५४ सर्वसाधारण रहेका छन्। तीमध्ये ८३ जना सर्वसाधारणलाई सरकारी सेनाले कुनै मुद्दा नचलाई गोली हानेर मारेको दाबी गरिएको छ।यस हिंसामा बेदुइन समुदायका १८ जना लडाकु र सिरियाली सरकार पक्षका २५७ सुरक्षाकर्मीको पनि मृत्यु भएको जनाएको छ। साथै, ड्रुज लडाकुहरूले पनि कुनै कानुनी प्रक्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.