विदेश

    Showing 791-800 of 1,581 items.
  • इजरायली हवाई हमलामा वरिष्ठ कमान्डर मन्सुरको मृत्यु

    एजेन्सी / दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको  छ । प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले मन्सुरको मृत्यु भएको पुष्टि गरेको हो । नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौंसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे)ले जानकारी दिएको छ ।इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको बताइएको छ । सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।यसअघि सन् २०२१ को मेमा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 148 पटक पढिएको
  • अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा ८ जनाको मृत्यु

    एजेन्सी / अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ , भने २२ जना घाइते भएका छन् ।अल्पसङ्ख्यक सिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतङ्कवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् । गत शुक्रबार काबुलमा इस्लामिक स्टेटले गराएको विस्फोटमा पनि कम्तीमा  ८ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । 

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 184 पटक पढिएको
  • १ सातामा ३२ जनालाई मृत्युदण्ड

    एजेन्सी / इरानमा एक सातामा ३२ जनालाई मृत्युदण्ड दिइएको छ । इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार मात्र तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ ।मानव अधिकार समूहका अनुसार गत साता मात्रै मृत्युदण्ड दिइएको ३२ जनामध्ये उनीहरू पनि हुन् । मृत्युदण्डले बढवा पाएको अधिकारीहरूको विश्वास छ । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृत्युदण्ड दिइएको छ । इरानले पनि अन्य देशको तुलनामा धेरै महिलाहरूलाई मृत्युदण्ड दिने गरेको उनीहरूमध्ये अधिकांशलाई आफ्नो पतिको हत्या दोषी ठहर गरिएको अधिकारवादी समूहहरूले रिपोर्ट गरेका छन् । पछिल्लो पटक

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 156 पटक पढिएको
  • बङ्गलादेशमा इन्धनको मूल्यमा भारी वृद्धि

    एजेन्सी / बङ्गलादेश सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो ।बङ्गलादेश सरकारले शुक्रबार राति आजदेखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार अहिले एक लिटर अक्टेनको मूल्य १३५ टाका पुगेको छ ।हिजो अपराह्नसम्म सोही परिमाणको पेट्रोलको मूल्य ८९ टाका थियो । डिजेल र मट्टितेलको मूल्य पनि ४२.५ प्रतिशतले बढाएर प्रतिलिटर ११४ टाका कायम भएको छ । पेट्रोलको मूल्य ४४ टाकाले बढेर १३० पुगेको छ ।अधिकारीहरूले भने कि खुद्रा स्तरमा पछिल्लो मूल

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 180 पटक पढिएको
  • सेप्टेम्बर २५ मा पाकिस्तानमा उप निर्वाचन हुने

    एजेन्सी / पाकिस्तानमा आगामी सेप्टेम्बर २५ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन मिति घोषणा गरिएको हो । देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी (पिटिआई) भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नु पर्ने भएको हो ।निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आगामी अगस्ट १० देखि १३ सम्ममा उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारीमाथि अगस्ट १७ सम्ममा आवश्यकता अनुसार अध्ययन तथा छानविन गरिने निर्वाचन आयोगले जनाएको छ ।उम्मेदवारहरूलाई अगस्ट २९ मा निर्वाचन चिन्ह दिइने गरी निर्वाचन तालिका बनाइएको

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 149 पटक पढिएको
  • चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन अमेरिकाकाे आग्रह

    एजेन्सी / संयुक्त राज्य अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो ।अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको राष्ट्रिय सुरक्षा परिषद् रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । उनले चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन आग्रह गरेका छन् ।अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ जसले ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव पनि बढाएको

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 125 पटक पढिएको
  • क्यानाडामा ८९० जनामा मङ्कीपक्स संक्रमण

    एजेन्सी / क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरू भेटिन थालेका छन् । एक समाचारमा हालसम्म यहाँ कम्तीमा ८ सय ९० जनामा मङ्कीपक्स संक्रमण भएको पाइएको जनाइएको छ ।यहाँका स्वास्थ्य संस्थाहरूले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएको जनाइएको छ । यस सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको थियो ।क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मङ्कीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ ।यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।पछिल्ला केही महिनामा यो मङ्कीपक

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 157 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा भारतमा थप १७ हजारमा कोरोना सङ्क्रमण

    एजेन्सी / बितेका २४ घण्टामा भारतमा थप १७ हजार एक सय ३५ जनामा कोरोना सङ्क्रमण भेटिएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः वृद्धि भएको देखिएको छ ।२४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ७७ जनाको मृत्यु भएको छ ।देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार आठ सय २३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रम

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 194 पटक पढिएको
  • चिनियां विदेशमन्त्रालयले माग्यो पेलोसीको ताइवान भ्रमणबारे अमेरिकी राजदूतसंग स्पष्टीकरण

    एजेन्सी / चिनियां विदेश मन्त्रालयले अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर अमेरिकी राजदूतसँग स्पष्टीकरण मागेको छ ।बेइजिङस्थित चिनका लागि अमेरिकी राजदूत निकोलश बर्न्सलाई विदेशमन्त्रालयमा बोलाएर पेलोसीको ताइवान भ्रमणको चीनले विरोध जनाएको हो ।चिनिया उप विदेशमन्त्री सिए फेङले राजदूत बर्न्सलाई चीन चुप लागेर नबस्ने भन्दै पेलोसीको भ्रमणलाई अनैतिक भएको र यसले गम्भिर परिणामा ल्याउने चेतावनी दिएका छन् ।पेलोसीले बुधबार ताइवानको संसदमा सम्बोधन समेत गरेकी छन् । उनले ताइबानसंग अमेरिकाले सम्बन्ध अझै मजबूत बनाउन खोजेकी बताईन ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 198 पटक पढिएको
  • म्यानमारमा थप ६ महिना सङ्कटकाल

    एजेन्सी / म्यानमारका अधिकारीहरूले राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउने भएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो ।उक्त काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु ६ महिना थपिएको जानकारी दिएको हो । सो काउन्सिलले यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि सङ्कटकालीन अवस्था अरु ५ महिना थप्नुपरेको जनाएको छ ।म्यानमारको संविधानअनुसार यहाँ सङ्कटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ । यहाँका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा ग

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 118 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा