विदेश

    Showing 781-790 of 1,581 items.
  • श्रीलङ्काका बालबालिका भोकमरीको जोखिममा

    एजेन्सी / आर्थिक सङ्कटका कारण श्रीलङ्काका बालबालिका भोकमरीको चपेटामा रेको राष्ट्रसङ्घले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरूले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ ।विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ ।नियमित खाना छाड्ने परिवारहरूले सङ्कटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए ।‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित छन् । श्रीलंकाल

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 143 पटक पढिएको
  • पाकिस्तानमा मिसाइल प्रहार गर्ने भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

    एजेन्सी  / भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ । यो घटनाले दुई आणविक हतियारयुक्त  देशबीच तनाव बढाएको थियो । दिल्लीले उक्त घटनालाई नियमित मर्मतसम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थियो ।इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरवाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र भविष्यमा नदोहोर्याउन चेतावनी दिएको छ । ९ मार्चको घटनाका लागि जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको भारतीय वायुसेनाले एक विज्ञप्तिमा जानकारी दिएको छ ।ब्रह्मोस रसिया र भारतले संयुक्त रूपमा विकास गरेको एक परमाणु–सक्षम क्रुज मिसाइल

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 210 पटक पढिएको
  • युक्रेनी रेल स्टेसनमा मिसाइल हमला हुँदा १५ जनाको मृत्यु, ५० घाइते

    एजेन्सी / युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् । ‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने।राष्ट्रपति जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए । 

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 160 पटक पढिएको
  • सुडानमा भीषण वर्षा र बाढीबाट ७५ जनाको मृत्यु

    एजेन्सी / सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ ।यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले दिएको जानकारीअनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै टरेको छैन ।उक्त काउन्सिलले प्रकाशन गरेको विज्ञप्तिमा यस बाढीमा परी ३० व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन् ।यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको समाचारहरूमा जनाइएक

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 150 पटक पढिएको
  • प्रहरी सवार बस नदीमा खस्दा ६ जनाको मृत्यु

    एजेन्सी / भारतको जम्मु–कश्मिरमा इन्डो–तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपरान्ह बस नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ । बसमा ३९ जना सवार थिए । घाइते भएकाहरूलाई हेलिकप्टर मार्फत श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्‍याइएको छ । ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको बताइएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 197 पटक पढिएको
  • पाकिस्तानमा बाढी पहिरो र डुबानमा परी एक सय ९६ जनाको मृत्यु

    एजेन्सी / पाकिस्तानको बालुचिस्तानमा लगातार परेको वर्षाका कारण आएको बाढी पहिरो र डुबानका कारण थप आठ जनाको मृत्यु भएको छ । योसँगै बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १९६ पुगेको छ । जसमध्ये ९६ जना पुरुष, ४५ जना महिला र ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरू पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणल

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 169 पटक पढिएको
  • सेनाको कारबाहीमा परी नाइजेरियामा २९ जना आतङ्ककारी मारिए

    एजेन्सी / नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ ।अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए । आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् ।

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 189 पटक पढिएको
  • श्रीलङ्कामा विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि

    एजेन्सी  / श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महसुल बढाउने भएको छ । घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क तोकेको हो ।  सीइबीले आठ सय  प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेपनि नियामक निकायले भने अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए ।शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् ।ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 127 पटक पढिएको
  • एफबीआईद्धारा ट्रम्पको घरमा छापा

    एजेन्सी / अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ ।एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् । पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।एफबीआईको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको बताइएको छ । आगामी सन् २०२४ मा राष्ट्रपतिका लागि उम्मेदवार दिने बताइरहेका बेला ट्रम्पमाथिको छानबिन प्रक्रिया बढेको छ ।आधिकारिक कागजातको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको सीबीएस न्युजलाई उल्लेख गर्दै बीबीसीले जनाएक

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 204 पटक पढिएको
  • इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमती

    एजेन्सी  / इजरायल र विद्रोही लडाकु समूहका बीचमा युद्ध विराम गर्ने सहमति भएको छ । इजरायलका प्रधानमन्त्री याइर लापिडका अनुसार सोमबार मध्यरातदेखि लागू हुनेगरि युद्ध विरामको सहमति भएको हो । लामो समयदेखि उनीहरूका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । ठूलो क्षति र सर्वत्रको दबावपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् ।इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशियाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्ला

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 279 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा