बिर्तामोड / नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा भएको झडपमा परी ८ जनाको मृत्यु भएको छ । उक्त झडपमा चार किसान सहित र अन्य चारजनाको मृत्यु भएको हो । उत्तर प्रदेशस्थित तिकुनिया क्षेत्र अहिले पनि तनावग्रस्त छ । भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसान आन्दोलनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ ।
बिर्तामोड(एजेन्सी) ताइवानलाई आफ्नो अभिन्न भू–भाग दाबी गर्दै आएको चीनले ताइवानको आकाशमा एकैदिन तीन दर्जन भन्दा वढी लडाकु जहाज पठाएको छ । हरेक दिनजसो लडाकु जहाज पठाउने चीनले शनिबार दिउँसो र राति गरी ३९ वटा लडाकु जहाज ताइवानको आकाशमा पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ । चिनियाँ लडाकु जहाज आएपछि आफ्नो मिसाइल प्रणालीबाट तिनको निगरानी गरेको ताइवानले जनाएको छ। ताइवानले चीनले तर्साउनका लागि यस्तो गरिरहेको भन्दै विरोध गर्दै आएको छ।सन् १९४९ मा चीनमा गृहयुद्धपछि कम्युनिष्ट शासन स्थापना भएदेखि नै चीन र ताइवानबीच विवाद चलिरहेको छ । १९४९ देखि नै बेइजिङले ताइवानलाई चीनमा मिसाउने योजना बनाइरहेक
एजेन्सी / गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौँ हजार महिलाले शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन गरेका छन् । टेक्सास राज्यले ६ हप्तापछि गर्भपतन गर्न नपाइने नयाँ कानून ल्याएपछि अमेरिकामा गर्भपतन सम्बन्धी मुद्दा चर्किएको छ ।गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । बासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा घन्काइरहेका थिए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो ।
एजेन्सी / लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छुरी शल्यक्रिया गरेर निकालिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।मदिरा सेवनको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन्।क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ।एक जना सर्जनले त्यसलाई विशिष्ट घटना भनेका छन्।लिथुआनियाली भाषामा प्रकाशित एउटा लेखमा तीन घण्टाको आपत्कालीन शल्यक्रियापछि बाहिर निकालिएका फलामका वस्तुहरूले एउटा सर्जिकल ट्रे भरिएको देखिएको
एजेन्सी / भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी संक्रमित भएका छन् । अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना संक्रमित भएका हुन् । पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ संक्रमित थपिएका थिए । शुक्रवारको विवरणमा भन्दा शनिबारको विवरणमा संक्रमितहरूको सङ्ख्या घटेको देखिएको छ । यसअघि दैनिक संक्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । संक्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको छ । भारतमा अहिले पनि संक्रमित अव
बिर्तामोड(एजेन्सी) इक्वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ।इक्वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्द्वका रुपमा हेरिएको छ। झडपमा पाँच जना कैदीहरूको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी कमान्डरका अनुसार कैदीहरूले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए। विश्वव्यापी लागू औषध गिरोहसँग सम्बन्धित कैदीहरु रहेको यस जेलमा दुई पक्ष बीच झडप भएपछि त्यहाँ रहेका ४ सय प्रहरीलाई नियन्त्रणमा लिन कठिन भएको थियो।लागू औषध तस्करी सम्बन्धी शक्तिशाली म्याक्सिकन गिरोह इक्वेडरबाट सञ्चालित
बिर्तामोड(एजेन्सी) जापानमा बुधबार शक्तिशाली भुकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रिक क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।
बिर्तामोड(एजेन्सी) उत्तर कोरियाले आलसालै निर्माण गरिएको एक आणविक क्षेप्यास्त्र मंगलबार प्रक्षेपण गरेको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले मंगलबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको थियो । जापानले सो क्षेप्यास्त्र आफ्नो समुद्रमा खसेको जनाएको थियो । सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ । हिजो उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको समाचारलाई विश्वका समाचार समितिहरूले सम्प्रषेण गरेका थिए । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्त
बिर्तामोड(एजेन्सी) इक्वेडरको एक कारागारमा २४ जना कैदीको मृत्यु भएको छ । कारागारमा राखिएका कैदीहरूबीच झडप हुँदा उनीहरूको मृत्यु भएको हो । झडपमा परी ४२ जना कैदी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार इक्वेडरको तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । राष्ट्रिय प्रहरीले ती कैदीहरूबीच के कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।
एजेन्सी / भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् ।दैनिक सङ्क्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना सङ्क्रमित भएका ह
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.