काठमाडौं— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका उनले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् ।
मानव अधिकार कानूनको पालना गर्न सामाजिक संजालमार्फत आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने उनको भनाइ छ ।