विदेश

    Showing 721-730 of 2,133 items.
  • भारतको एसएमएस ट्रमा सेन्टरमा आगलागी हुँदा ८ बिरामीको मृत्यु

    भारत— सवाई मानसिंह (एसएमएस) अस्पतालको ट्रमा सेन्टरमा आइतबार राति भएको आगलागीमा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको पुष्टि भएको छ।दुर्घटना अस्पतालको न्युरो आइसीयू नजिकै, ब्लड सेम्पल ट्युब र अन्य मेडिकल सामग्री राखिएको क्षेत्रमा विद्युत् सर्ट सर्किट भएपछि सुरु भएको हो। आगो तीव्र गतिमा फैलिएपछि गम्भीर बिरामीहरूको बचाउ गर्न नसकिएको एक वरिष्ठ चिकित्सकले जानकारी दिए।साँझपख सुरु भएको आगलागीले एकाएक पुरै ट्रमा सेन्टरलाई धुवाँले ढाकेपछि आइसीयूमा रहेका बिरामी अक्कल झुक्कल निकाल्न सकिएको थियो। घटनाको समयमा न्युरो आइसीयूमा ११ र छेउको अर्को आइसीयूमा १३ बिरामी उपचाररत थिए। तर आगोको चपेटामा परेका ८ जनाको म

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 766 पटक पढिएको
  • दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण

    काठमाडौं— दक्षिण चीनमा आएको ‘तुफान माट्मो’ का कारण २ लाख ७१ हजार ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।२०२५ प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको आँधी ‘तुफान माट्मो’ आइतबार दिउँसो करिब २ः५० बजे ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहरस्थित जुवेन काउन्टीको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेसँगै दक्षिण चीनका विभिन्न क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।ग्वाङ्डोङ मौसम सेवा अनुसार आँधीको केन्द्रमा अधिकतम हावाको वेग प्रतिसेकेन्ड ४२ मिटर पुगेको थियो भने केन्द्रीय न्यूनतम वायुमण्डलीय दबाब ९६५ हेक्टोपास्कल मापन गरिएको थियो । आँधीको प्रभावका कारण ग्वाङ्डोङले आफ्नो तुफान आपतकालीन प्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 671 पटक पढिएको
  • पीओजेकेमा हिंसात्मक झडप, तीन दिनमा २१ जनाको मृत्यु

    मुजफ्फराबाद— स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तान अधीनस्थ जम्मू कश्मीर (पीओजेके) मा हिंसात्मक झडप जारी रहेको र थप नौ जनाको मृत्यु भएको बताएका छन्। विगत तीन दिनदेखि जारी हिंसात्मक प्रदर्शनमा तीन प्रहरीसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ।संयुक्त अवामी कार्य समिति (जेएएसी) का केन्द्रीय नेता शौकत नवाज मीरले यस क्षेत्रमा सुधार र सार्वजनिक सुविधाहरूको माग गर्दै गरेको बन्दको आह्वानपछि मुजफ्फराबाद, मिरपुर, पुंछ, नीलम, भिम्बर र पलान्द्री क्षेत्रहरू ठप्प भएका छन्।अधिकारीहरूका अनुसार, सरकारले जेएएसीले उठाएका धेरै मागहरू स्वीकार गरेको छ। यद्यपि, दुई पक्षहरू बीचको वार्ता असफल भयो र ज

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 601 पटक पढिएको
  • भारत आउँदै गरेको रुसी तेल ट्यांकर फ्रान्सद्वारा नियन्त्रण, क्याप्टेनमाथि मुद्दा चल्ने

    एजेन्सी— फ्रान्सले एट्लान्टिक तटमा एक रुसी तेल ट्यांकरलाई नियन्त्रणमा लिएको छ र त्यसका क्याप्टेनमाथि मुद्दा चलाउने तयारी गरेको छ।अधिकारीहरूलाई सहयोग नगरेको आरोपमा क्याप्टेनविरुद्ध आगामी फेब्रुअरी २३ देखि ब्रेस्ट शहरमा सुनुवाइ शुरू हुनेछ।फ्रान्सेली नौसेनाले गत आइतबार उक्त जहाजलाई नियन्त्रणमा लिएको थियो।रुसको प्रिमोर्स्क तेल टर्मिनलबाट ७ लाख ५० हजार ब्यारेल कच्चा तेल बोकेर भारततर्फ गइरहेको अवस्थामा नौसेनाले ट्यांकरलाई फ्रान्सको एट्लान्टिक तटमा रोकेर सेन्ट(नजेर बन्दरगाहतिर लगेको थियो।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले यो जहाज रुसको पुरानो ट्यांकरहरूको समूहको हिस्सा भएको दाबी गरेका छन्।उनका

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 713 पटक पढिएको
  • अविरल वर्षापछि आएको बाढी र पहिरोले राजमार्ग अवरुद्ध हुँदा नेपाल–चीन नाका बन्द

    काठमाडौं— अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न पाँच स्थानमा राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प छ । आज बिहानसम्म संखुवासभा, रसुवा र सिन्धुपाल्चोकका मुख्य सडक बन्द भएपछि नेपाल–चीन जोड्ने सीमा नाका समेत सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।जसनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरुद्ध भएको छ । रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीले सडक बगाउँदा पासाङल्हामु राजमार्गमार्फत चीनसँगको सीमा नाका समेत ठप्प छ ।त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलामा खसेको ठूलो पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 661 पटक पढिएको
  • बेलायतमा यहूदी प्रार्थनास्थलबाहिर आतंकवादी हमला, दुईजनाको मृत्यु

    काठमाडौं— बेलायतको म्यानचेस्टरमा बिहीबार एक यहूदी प्रार्थनास्थल (सिनागग) बाहिर आतंकवादी हमला भएको छ । यसमा दुई यहूदी नागरिकको मृत्यु भएको छ भने तीनजना गम्भीर रूपमा घाइते भएका छन् ।क्रम्प्सल भन्ने स्थानमा योम किप्पुर पर्वमा प्रार्थनाका लागि धेरै यहूदीहरू भेला भएका वेला आक्रमणकारीले उनीहरूमाथि कार चढाइदिएको र त्यसपछि गोली चलाउन थालेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।प्रहरीको कारबाहीमा आक्रमणकारीको मृत्यु भएको छ । योम किप्पुरको दिन यहूदीहरू आफ्ना विगतका गल्तीहरूको लागि माफी माग्छन् र प्रार्थना गर्छन् ।बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो हमलालाई अत्यन्त डरलाग्दो भएको बताए । स्टार्मर बेलायतको आ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 626 पटक पढिएको
  • पाँच खर्ब अमेरिकी डलर सम्पत्ति हुने पहिलो व्यक्ति बने इलन मस्क

    काठमाडौं— इलन मस्क पाँच खर्ब अमेरिकी डलर सम्पत्ति हुने इतिहासको पहिलो व्यक्ति बनेका छन्। टेस्ला कम्पनीको शेयरमा भएको उच्च वृद्धिसँगै १ अक्टोबरमा मस्कको सम्पत्ति ५ खर्ब अमेरकी डलर पुगेको रोयर्टसले जनाएको छ।टेस्ला मात्रै नभएर उनको स्पेस एक्स, एक्स एआईसहितको कम्पनीको मूल्य पनि बढेपछि मस्कको नाममा यस्तो इतिहास बनेको हो।मस्कपछि दोस्रो स्थानमा ओरेकल सह(संस्थापक ल्यारी इलिसन छन्। दुवैबीचको सम्पत्ति अन्तर १ खर्ब ५० अर्ब डलर छ। सन् २०२५ मा मात्रै टेस्लाको शेयरमा १४ प्रतिशतले वृद्धि भएको छ। एकैदिन टेस्लाको शेयर ४ प्रतिशतले बढे पछि मस्कको सम्पत्ति ५ खर्ब अमेरिकी डलर पुगेको हो।पछिल्लो पाँच वर्षमा मस्कको स

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 605 पटक पढिएको
  • चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो

    एजेन्सी— चीनले सोमबार दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ।परीक्षण उपग्रहहरू बेइजिङ समय अनुसार बिहान ११ बजे लङ मार्च–२डी क्यारियर रकेटबाट प्रक्षेपण गरिएको थियो र सफलतापूर्वक आफ्नो पूर्व निर्धारित कक्षामा प्रवेश गरेको थियो।उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ। प्रक्षेपण लङ मार्च शृङ्खलाका वाहक रकेटहरूको ५९८ औं उडान अभियान थियो ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 612 पटक पढिएको
  • भारतको सिलिगुढीमा दुर्गा पूजाको रमझम, शहर झकिझकाउ

    एजेन्सी— पूर्वी नेपालसँग सीमा जोडिएको भारत पश्चिम बंगाल अन्तर्गत सिलिगुडीमा दुर्गा पूजाको रमझम सुरु भएको छ ।बंगालको सबैभन्दा प्रतिक्षित पर्व दुर्गा पूजा शुक्ल पक्षको षष्ठी तिथिमा सुरु हुने र विजयादशमीमा दुर्गा विसर्जनसँगै समापन हुने गर्दछ ।जसका कारण बंगालमा शहरहरु जीवन्त उत्सवले भरिएका छन् । सजाइएको पण्डालदेखि उत्साहजनक सांस्कृतिक प्रदर्शन, भक्ति , परम्परा र सामुदायिक बन्धनलाई प्रतिबिम्बित गरिरहेको छ ।सिलगढीमा विभिन्न उत्सवमा समितिहरू र सांस्कृतिक समूहहरूले पौराणिक विषयवस्तु र आधुनिक कलात्मकता दुवैबाट प्रेरित भव्य पण्डालहरू स्थापना गर्न कुनै कसर बाँकी राखेका छैनन्।स्थानीय कालीगढहरूद्वारा बनाइए

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 666 पटक पढिएको
  • अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

    काठमाडौं— अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकास लगायतका क्षेत्रमा युरोपियन यून

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 633 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.