विदेश

    Showing 591-600 of 1,580 items.
  • कश्मिरमा निर्वाचनअघि बढ्यो हिंसा, दुई भारतीय सैनिकको मृत्यु

    काठमाडौं–जम्मु–कश्मिरमा आगामी विधानसभाको निर्वाचन नजिकिँदै गर्दा सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भारतीय सेनाले किश्तवाड जिल्लामा शुक्रबार भएको घटनालाई बहादुरको सर्वोच्च बलिदान भन्दै सामाजिक सञ्जाल एक्समार्फत श्रद्धाञ्जलि अर्पण गरेको छ।कश्मिरमा दशकौँदेखि विद्रोही समूहले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै भारतीय सेनासँग संघर्ष गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले २०१९ मा कश्मिरको आंशिक स्वायत्तता खारेज गरेपछि यो क्षेत्र निर्वाचित सरकारबिना रहेको छ। आगामी सेप्टेम्बर १८ मा हुने निर्वाचनको परिणाम अक्टोबरमा

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 605 पटक पढिएको
  • चीनका लागि जासुसी गरेका पूर्व सीआईए अधिकारीलाई १० वर्ष जेल

    काठमाडौं–चीनका लागि जासुसी गरेको अभियोगमा एक पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । ७१ वर्षीय एलेक्ज्यान्डर युक चिंग माले एक अन्डरकभर एफबीआई एजेन्टसमक्ष अमेरिकाको गोपनीय जानकारी चीनलाई बेचेको स्वीकार गरेका थिए । उनलाई सन् २०२० मा पक्राउ गरिएको थियो । हङकङमा जन्मिएका मा अमेरिकी नागरिक हुन् । उनले सन् १९८२ देखि १९८९ सम्म सीआईए र त्यसपछि एफबीआईमा काम गरेका थिए । अधिकारीहरूका अनुसार मा आफ्नो एक नातेदार (जो पूर्व सीआईए एजेन्ट थिए) मार्फत शंघाई स्टेट सिक्युरिटी ब्यूरोका गुप्तचर अधिकारीहरूसँग सम्पर्कमा आएका थिए । हङकङमा भएको एक बैठकको रेकर्ड गरिएको भिडियोमा मालाई गोपनीय जानक

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 286 पटक पढिएको
  • भियतनाममा यागी आँधीका कारण १२७ जनाको मृत्यु, ५४ बेपत्ता

    काठमाडौं–भियतनाममा यागी आँधीले हालसम्म १२७ जनाको ज्यान लिएको छ भने ५४ जना बेपत्ता भएका छन् । शनिबारदेखि आँधीले भारी वर्षा, बाढी, र पहिरोको अवस्था सिर्जना गरेको छ, जसले उत्तरी भियतनामलाई गम्भीर रुपमा प्रभावित पारेको छ ।हजारौं मानिस आफ्नो घरको छतमा फसेका छन् र सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन् । यागी आँधीले १५० किमी प्रतिघण्टाको वेगमा हावा चलाएको छ, जसले पुल र भवनहरूमा ठूलो क्षति पुर्‍याएको छ ।यसअघि, दक्षिणी चीन र फिलिपिन्समा पनि यागी आँधीले २४ जनाको ज्यान लिएको थियो ।

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 678 पटक पढिएको
  • ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किए

    काठमाडौं–एक हप्तामा ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान‚ इरान‚ र टर्कीबाट आफ्नो मातृभूमि फर्किएका छन् । तालिबान सरकारका अधिकारीका अनुसार‚ फिर्ता भएका शरणार्थीमध्ये करिब २५ सय पाकिस्तान‚ करिब १९० टर्की‚ र बाँकी इरानबाट आएका हुन् ।पछिल्लो वर्षमा कुल एक लाख ७८ हजार अफगान शरणार्थी विदेशबाट फर्किएका बताइएको छ । अफगानिस्तानको कार्यवाहक सरकारले अफगानी नागरिकलाई विदेशमा शरणार्थीको रूपमा बस्न छोडेर स्वदेश फर्कन र मातृभूमिको पुनर्निर्माणमा योगदान दिन बारम्बार आह्वान गर्दै आएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 470 पटक पढिएको
  • लखनऊमा भवन भत्किँदा मृतकको संख्या आठ पुग्यो

    काठमाडौं–उत्तर प्रदेशको राजधानी लखनऊको ट्रान्सपोर्ट नगरमा शनिबार एउटा भवन भत्किएर ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । सो दुर्घटनामा २८ जना घाइते भएका छन् । उद्धार कार्यमा एनडीआरएफ र एसडीआरएफका टोली घटनास्थलमा खटिएका छन् । अहिलेसम्म कुल २४ जनालाई उद्धार गरिएको छ, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एनडीआरएफ, एसडीआरएफ, दमकल सेवा, नगरपालिका, बिजुली विभाग, चिकित्सा विभाग सबै राहत र उद्धारमा खटिएका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 657 पटक पढिएको
  • मणिपुरमा रकेट आक्रमण : एकको मृत्यु‚ विद्यालय बन्द

    काठमाडौं–भारतको मणिपुर राज्यमा विद्रोहीको रकेट आक्रमणले एक जनाको ज्यान गएको र छ जना घाइते भएका छन्। उक्त आक्रमणपछि शनिबारदेखि सबै विद्यालय बन्द गर्ने आदेश जारी गरिएको छ। आक्रमण बिष्णुपुर जिल्लामा कुकी विद्रोही समूहले गरेको स्थानीय प्रहरीले जनाएको छ।राज्यमा हिन्दू मेइतेई र इसाई कुकी समुदायबीचको जातीय विभाजनका कारण एक वर्षदेखि द्वन्द्व जारी छ। सरकारले विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। विद्रोहीहरूले ड्रोनको प्रयोग गरी विस्फोटक पदार्थ खसालेर आक्रमण गरेका थिए। यस घटनामा सुरक्षाकर्मीहरूले पनि जवाफी कारबाही गरेका छन्। मानव अधिकारवादी समूहहरूले स्थानी

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 441 पटक पढिएको
  • इज्मिर खाडीमा एकै पटक धेरै माछाहरु मरेपछि (भिडियोसहित)

    एजेन्सी- टर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्त्याउने चेतावनीटर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्याउने चेतावनी दिएको छ । टर्कीका वातावरणमन्त्री मुरात कुरुमले बिहिबार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका हुन् । हालैका हप्ताहरूमा ठूलो संख्यामा माछाहरु मरेपछि दुर्गन्ध फैलिएसँगै मन्त्री कुरुमले सो घोषणा गरेका हुन् । प्रभावित क्षेत्रको भ्रमणका क्रममा कुरुमले प्रदुषणका कारणले खाडीको पानीमा अक्सिजनको स्तर कम भएपछि संकटको चेतावनी दिएका हुन् । इज्मिर खाडीमा जमिनबाट हुने प्रदुषणका कारण श्वासप्रश्व

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 510 पटक पढिएको
  • मकाला जेलमा भागदौड, १२९ जनाको मृत्यु

    काठमाडौं–डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको राजधानी किन्शासास्थित मकाला जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ । कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीले मङ्गलबार दिएको जानकारीअनुसार २४ जनाको चेतावनीपछि गोली हानेर मृत्यु भएको हो भने बाँकी अधिकांशको मृत्यु भागदौड र भिडभाडका कारण भएको छ ।मन्त्री शाबानीले भिडियो सन्देश मार्फत घटनाको जानकारी गराउँदै कम्तीमा ५९ जना घाइते भएको र घटनामा धेरै महिलाहरू बलात्कृत भएको बताएका छन् । प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको र तनावपूर्ण अवस्था सिर्जना भएको जनाएका छन् । सरकारका प्र

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 587 पटक पढिएको
  • युद्ध बिराम गरी बन्धक फिर्ता ल्याउन इजराइलीहरुको माग

    एजेन्सी- गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । करिब ७ लाख मानिसहरूले देशका मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए । ६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय र्‍यालीमा भाग लिएको दाबी गरिएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले ६ जना बन्धकको शव बरामद गरेको बताएपछि सोमबार बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो । गाजाबाट दुई महिला र चार पुरुषको शव फे

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 509 पटक पढिएको
  • इजिप्ट र साउदीबीच क्षेत्रीय सुरक्षाबारे छलफल

    एजेन्सी- इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल भएको छ । इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदबीच क्षेत्रीय शान्ति सुरक्षा र यसका चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने रणनितिबारे छलफल भएको बताइएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा इजराइलले गाजा क्षेत्रमा जारी राखेको सुरक्षा कारबाहीका साथै गाजा पट्टीमा तत्काल युद्धविराम गर्न र वेस्ट बैंकमा बढ्दो तनाव रोक्न आवश्यक पहल गर्ने विषयमा केन्द्रित रहेको थियो । इजिप्टका राष्ट्रपति सिसले इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग इजरायल र हमास बीच एक युद्धविराम र एक कैदीबन्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 332 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा