काठमाडौं— बंगलादेशमा फेरि अर्का युवकमाथि गोली प्रहार गरिएको छ । सोमबार मोतालेब सिग्दरमाथि गोली प्रहार गरिएको हो । उनी पनि बंगलादेशमा उदाएका युवा नेता हुन् ।
सरिफ ओस्मान हादीको हत्या भएको ठीक १० दिनपछि सिग्दरमाथि गोली हानिएको हो । भारतीय मिडिया दि हिन्दुका अनुसार कुल्नामा गोली हानिएका सिग्दरको टाउकोको पछाडि गोली हानिएको थियो ।
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली हानिएका युवा बंगलादेशका युवाले खोलेको नयाँ दल राष्ट्रिय नागरिक पार्टीका नेता हुन् ।






































