एजेन्सी— अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ– सेनाको चिकित्सा सामाग्री बोकेको विमान दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरू सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्ति मार्फत जनाएको  छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरू बाच्न सफल भएको जनाइएको छ ।  

अमेरिकी तटरक्षकको खोजी प्रयासका बावजुद उक्त उडानमा  रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ ।

विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको  जनाइएको छ । विशेष चिकित्सा वहाक मिसनलाई मेक्सिकन फाउन्डेसनसँग समन्वय गरिएको थियो जसले गम्भीर जलेका बच्चाहरूको हेरचाह गर्दछ ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमानले मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडान भरेको थियो भने अन्तिम पटक स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको ग्यालभेस्टन खाडीमा पुगेको जानकारी  रेकर्ड गरिएको थियो ।