विदेश

    Showing 501-510 of 1,579 items.
  • भारत गोवाको लइराई देवी मन्दिरमा भागदौडका क्रममा ६ को मृत्यु, ८० जना घाइते

    काठमाडौं—  भारतको गोवा शिरगाउँस्थित लइराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ। अन्य ८० जना घाइते भएका छन्।भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार राति लइराई जात्राका क्रममा भागदौड मच्चिएको हो। घाइतेहरूलाई गोवा मेडिकल कलेज र मापुसाको उत्तरी गोवा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।मन्दिर महोत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजन मन्दिर पुगेका थिए। अधिकारीहरूले भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने पनि बताएका छन्।  

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 225 पटक पढिएको
  • स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु

     काठमाडौं— स्पेनिश अधिकारीहरूले सोमबार स्पेन र पोर्चुगललाई प्रभावित हुनेगरी भएको बिजुली अवरुद्धताबाट सात व्यक्तिको मृत्युको भएको बताएका छन्। मृत्युहरू फरक–फरक परिस्थितिमा भएका थिए। सबै सम्भावित रूपमा ब्ल्याकआउटसँग सम्बन्धित छन्।मंगलवार स्पेनको सिभिल गार्डका सदस्यहरूले ग्यालिसियाको उत्तरपश्चिमी क्षेत्रको टाबोआडेला शहरमा रहेको आफ्नो घरमा ८१ र ७७ वर्षका एक वृद्ध दम्पती र उनीहरूको ५६ वर्षीय छोराको शव फेला पारेको बताएका छन्।  अधिकारीहरूले उनीहरूको घर बाहिर राखिएको जेनेरेटरबाट निस्कने धुवाँका कारण कार्बन मोनोअक्साइड विषाक्तताका कारण तीन जनाको मृत्यु भएको आशंका गरेका छन्।पीडितहरूमध्ये एकलाई

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 361 पटक पढिएको
  • स्पेन र पोर्चुगल अन्धकारमा, मेट्रो, रेल, विमानस्थल र खेलकुद सबै ठप्प

    स्पेनको प्रमुख विद्युत कम्पनी रेड इलेक्ट्रिकाले देशभर बिजुली आपूर्ति अचानक बन्द भएको जनाएको छ। अहिले उनीहरूले आपूर्ति पुनर्स्थापना गर्ने र ब्ल्याकआउटको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।समाचार एजेन्सी रोयटर्सका अनुसार, बिजुली कटौतीले पोर्चुगलमा पनि गम्भीर असर परेको छ। लिस्बन र पोर्टो शहरहरूमा ट्राफिक लाइटहरू बन्द छन्, मेट्रो सेवाहरू ठप्प छन् र रेलहरू सञ्चालनमा छैनन्।यसका साथै, स्पेनमा भइरहेको म्याड्रिड ओपन टेनिस प्रतियोगिता समेत रोकिन पुगेको छ।पोर्चुगिज एयरलाइन्स ट्याप एयरले अर्को सूचना नआएसम्म यात्रुहरूलाई विमानस्थल नजान अनुरोध गरेको छ।ब्ल्याकआउटका कारण लाखौं मानिसहरू अन्धकारमा बस्न बाध्य

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 324 पटक पढिएको
  • एशियामा कम आय भएका अर्थतन्त्रहरू प्रभावित हुनसक्ने चेतावनी

    काठमाडौं— चलिरहेको व्यापार तनावका कारण एशियाको वृद्धि सुस्त भइरहेको छ । आईएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले कम आय भएका एसिशाली अर्थतन्त्रहरू विशेष रूपमा प्रभावित हुनसक्ने चेतावनी दिएका छन् ।गत बिहीबार आईएमएफले बढ्दो व्यापार तनावको बीचमा यस वर्ष एशिया र प्रशान्त क्षेत्रको वृद्धि ३।९ प्रतिशतमा झर्ने अनुमान गरेको छ । जुन अघिल्लो प्रक्षेपणभन्दा ०.५ प्रतिशत बिन्दुले गिरावट हो । आईएमएफले एशियाको लागि आफ्नो पछिल्लो प्रक्षेपण जारी गरेपछिको अन्तर्वार्तामा श्रीनिवासनले भने ट्यारिफ, व्यापार तनाव, बढेको अनिश्चितता र वित्तीय अवस्थाको कडापनलाई डाउनग्रेडको कारण बनाइएको बताए ।बढ्द

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 306 पटक पढिएको
  • भन्सार, महँगी र विदेशी झगडा: ट्रम्पको लोकप्रियता धराशायी! सर्वेले खोल्यो रहस्य

    वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद निर्णय र एकपछि अर्को कठोर नीतिका कारण देशभित्रै उनको लोकप्रियता धराशायी बन्दै गएको छ। सन् २०१६ को चुनावमा उत्साहपूर्वक जित हासिल गरेका ट्रम्पले पदभार सम्हालेको केही महिनामै सर्वत्र आलोचना भोगिरहेका छन्।जनवरी १५ मा राष्ट्रपति बनेदेखि ट्रम्पले छिमेकी देशहरू मेक्सिको, क्यानडा र डेनमार्कसँग समेत विवाद सिर्जना गरेका छन्। उनले आयातमा लगाइएको भारी भन्सार शुल्कले अमेरिकी जनताको आक्रोश चुलिएको छ। खासगरी चीनबाट आयात हुने सामानमा १४५–२२५ प्रतिशतसम्म भन्सार तोकिएपछि घरायसी सामान महँगिन थालेको छ, जसको असर सीधै आम नागरिकको भान्सासम्म पुगेको छ।यसकै प्

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 290 पटक पढिएको
  • दक्षिण क्यारोलिनामा गोलाबारी : एकको मृत्यु, ११ जना घाइते

    काठमाडौं— अमेरिकाको दक्षिण क्यारोलिनाको लोकप्रिय पर्यटकीय सहर मर्टल बीचमा गोलाबारी भएको खबर आएको छ। घटनामा ११ जना घाइते भएको बताइएको छ। अधिकारीहरूका अनुसार घटनापछि प्रहरीले एक जनालाई गोली हानेको थियो । गोली लागेको कारण उनको मृत्यु भएको बताइएको छ। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।मर्टल बीचका अधिकारीहरूका अनुसार शनिबार राति (स्थानीय समय अनुसार) मर्टल बीचमा कसैले  गोली चलाएको थियो। प्रहरी विभागका अनुसार, तत्काल खतरा महसुस गरेपछि एक अधिकारीले एक जना मानिसलाई गोली हाने। गोली लागेर उनको मृत्यु भयो। यद्यपि, मृत्यु हुने व्यक्तिको नाम खुलाइएको छैन। उनी सन्दिग्ध थिए वा थिएनन्

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 265 पटक पढिएको
  • भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा तेस्रो दिन पनि गोली हानाहान

    नयाँ दिल्ली – आणविक शक्ति सम्पन्न दुश्मन भारत र पाकिस्तानको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निचो स्तरमा पुगेको छ। विवादित कश्मीर क्षेत्रमा सेनाहरू बीच लगातार तेस्रो रातसम्म गोलीबारी भएको पुष्टि आइतबार गरिएको छ।भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ, विशेषगरी पहलगाममा २६ पर्यटकको मृत्यु हुनेगरी भएको हमलामा पाकिस्तानको संल्ग्नता भएको बताएको छ। भारतले यसलाई कश्मीरमा नागरिकमाथि भएको सबैभन्दा खराब आक्रमणको रूपमा वर्णन गरेको छ।पाकिस्तानको नकारात्मक प्रतिक्रियापाकिस्तानले यो आरोप सख्त अस्वीकार गर्दै भारतको प्रयासलाई “तुच्छ” भन्दै कुनै पनि भारतीय कार्यवाहीको कडा जवाफ दिने प्र

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 461 पटक पढिएको
  • पर्यटकमाथि आतंककारी हमलामा परी एक नेपालीसहित २६ जनाको मृत्यु

    काठमाडौं— भारतको जम्मु—कस्मिरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ। विगत केही वर्षयता नागरिकमाथिको यो ठूलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन्।​ पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो। मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन। पर्यटकहरुलाई लक्षित गरेर आतंककारीहरूले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ।लस्कर ए तोएबाका संस्थापक हफिज सइद नेतृत्वको द रेसिस्टेन्स फ्रन्ट टीआरएफ ले आक्रमणको जिम्मा लिएको छ। कस्मिर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको व

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 263 पटक पढिएको
  • ईसाई धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

    काठमाडौं— क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकन सिटीका अनुसार पोपले स्थानीय समयअनुसार बिहान साढे सात बजे अन्तिम सास फेरे । उनी इतिहासकै पहिलो ल्याटिन अमेरिकी पोप बनेका थिए । उनी विगत केही महिनादेखि स्वास्थ्य समस्याबाट पीडित थिए । उनलाई १४ फेब्रुअरीमा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । उनी निमोनिया र रक्तअल्पताबाट पीडित थिए । उनलाई फोक्सोको संक्रमण पनि देखिएको थियो । जसका कारण पाँच हप्तासम्म उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा क्याथोलिक चर्चको मुख्यालय भ्याटिकनले पोपको रगत परीक्षण रिपोर्टमा मिर्गौला फेल हुने लक्षण

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 250 पटक पढिएको
  • माइतीघरमा प्रदर्शन गर्ने अमेरिकनलाई डिपोर्ट गर्ने निर्णय

    काठमाडौं—  काठमाडौंको माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट (निष्काशन) गर्ने निर्णय गरिएको छ ।चैत १४ मा कुलमान घिसिङको बर्खास्तीको विरुद्ध भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई पक्राउ गरेर अध्यागमन विभागको जिम्मा लगाएको थियो । घिसिङ समर्थकको जुलुसमा देखिएका ५८ वर्षीय जुलियन किर्पाललाई डिपोर्ट गर्ने निर्णय गरिएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए । पर्यटन भिषमा आएका उनले अध्यागमन ऐन विपरित नाराबाजी गरेको र भिषा प्रयोजन बिपरितको काममा सहभागी भएको रिजालले जानकारी दिए ।उनलाई हवाई टिकट पेश गर्न लगाएर अमेरिका फिर्ता पठाइएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 259 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा