विदेश

    Showing 501-510 of 2,133 items.
  • दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले गरे विवाह

    काठमाडौं— दक्षिण भारतीय फिल्मका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार भारतको उदयपुरमा विवाह गरेका हुन् ।राजस्थानस्थित उदयपुरमा आयोजित उक्त समारोहमा दुवै परिवारका सदस्य र अत्यन्त निकट साथीभाइहरूको मात्र उपस्थिति रहेको बताइएको छ । विवाह समारोहमा तेलुगु र कोदावा परम्पराअनुसारका धार्मिक विधिहरू समावेश गरिएको बताइएको छ ।उनीहरूको विवाहका अधिकारिक तस्बिरहरु भने सार्वजनिक भइसकेको छैन । रश्मिका र विजयले आफ्नो वैवाहिक समारोहलाई ‘विरोश’ नाम दिएका छन्, जुन उनीहरूका नामको संयोजनबाट बनेको हो । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुई

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 712 पटक पढिएको
  • बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

    काठमाडौं— बंगलादेश सम्पादक परिषद्ले देशभरका पत्रकारविरुद्ध दर्ता गरिएका झुटा तथा दुःख दिने उद्देश्यका मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । परिषद्का अध्यक्ष नुरुल कबीर र महासचिव देवान हानिफ महमुदको तर्फबाट जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो ।विज्ञप्तिअनुसार सन् २०२४ अगस्ट ५ यता देशका विभिन्न स्थानमा पत्रकारविरुद्ध थुप्रै झुटा हत्या मुद्दा तथा अन्य उत्पीडनात्मक मुद्दा दर्ता भएका छन् । ती मुद्दाका कारण धेरै पत्रकार नियमित रूपमा अदालत धाउन बाध्य भएका छन् । यसले उनीहरूको नियमित पेशागत गतिविधिमा अवरोध सिर्जना गर्नुका साथै सञ्चारमाध्यमको स्वतन्त्रतालाई कमजोर बनाएको परिषद्ले जनाएको छ ।“यद

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 541 पटक पढिएको
  • भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

    काठमाडौं— भारतको झारखण्ड स्थिीत सिमरिया नजिक एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटना भएको सशस्त्र सीमा बलका दोस्रो कमाण्डर रमेश कुमारले एएनआईलाई जानकारी दिएका हुन् ।सोमबार साँझ ७ः११ बजे राँची विमानस्थलबाट बिरामी बोकेर दिल्लीका लागि उडेको बिचक्राफ्ट सी—९० विमान करिब ७ः३० बजेदेखि सम्पर्कविहीन भएको थियो । पछि चत्रा जिल्लाको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, सञ्जय कुमार, डा विकास कुमार गुप्ता, सचिन कुमार मिश्रा, अर्चना देवी र धुरु कुमारको मृत्

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 577 पटक पढिएको
  • टी–२० विश्वकप स् वेष्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित

    काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ खेलमा वेस्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित भएको छ ।भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो बेलुका भएको खेलमा वेस्ट इन्डिजले दिएको २५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १४७ रन बनायो । जिम्बाबेका ब्राड इभान्सले ४३ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोतीले ४ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनायो ।वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन बनाए । जिम्बावेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले २–२ विकेट लिए । टी–२० विश्वकपमा यो दोस्रो ठूलो योगफल हो । यो जीतसँगै वेस्ट इन्डिज ‘सु

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 556 पटक पढिएको
  • गृहमन्त्री अर्याल र नेपालको लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट् संघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै संयुक्त राष्ट्र संघसँगको सहकार्यमा अगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।संयुक्त राष्ट्र संघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागु औषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचविखन ल

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 595 पटक पढिएको
  • अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने

    काठमाडौं— अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने भएको छ । ओमानका विदेशमन्त्री बदर अल बुसैदीले सामाजिक सञ्जाल एक्समार्फत वार्ताको पुष्टि गर्दै सम्झौता टुंग्याउन सकारात्मक पहल भइरहेको बताएका छन् ।यसैबीच, क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति मजबुत बनाइरहेको छ । पेन्टागन अधिकारीहरूको सूचनाका आधारमा कतारस्थित अल उदेइद आधारबाट सयौं सैनिक सारिएका छन् । साथै बहराइन, इराक, सिरिया, कुवेत, साउदी अरेबिया, जोर्डन र यूएईस्थित अमेरिकी सैन्य संरचनामा समेत रणनीतिक हेरफेर गरिएको जनाइएको छ ।द जेरुसेलम पोष्टले इरानको संयुक्त राष्ट्रसंघस्थित नियोगले दिएको चेताव

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 541 पटक पढिएको
  • मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    काठमाडौं— मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको पाइएको छ ।सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार अहिलेसम्म कुनै पनि भौतिक पूर्वाधारको क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त भएको छैन । अधिकारीहरूले समुद्री किनार र जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाएका छन् ।मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआतिए

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 557 पटक पढिएको
  • युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

    काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाउनुभएको छ ।बिहीबार उहाँले सम्प्रेषण गर्नुभएको बधाई सन्देशमा राष्ट्रपति पौडेलसहित नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक शुभकामना गरिएको यहाँस्थित युएईको राजदूतावासले आज जनाएको छ ।त्यसैगरी, युएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तूम तथा उपराष्ट्रपति, उपप्रधानमन्त्री एवं राष्ट्रपति मामिलामन्त्री शेख मन्सुर बिन जायेद अल नाह्यानले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेललाई शु

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • 276 पटक पढिएको
  • चीनमा पटाका विस्फोट: १२ जनाको मृत्यु

    काठमाडौं—  नयाँ वर्षको उल्लासबिच चीनमा भएको विस्फोटको घटना १२ जनाको ज्यान लिएको छ । पाँच बालबालिका समेत मारिएको उक्त घटनाले बिदाका बेला ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ ।सरकारी सञ्चारमाध्यमका अनुसार मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने सामान्य पसलमा विस्फोट भएको थियो । राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै गहन खोजी तथा उद्धार कार्यपछि १२ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । मृतकमध्ये सात जना वयस्क र पाँच जना नाबालिग रहेको बताइएको छ ।सबै पीडितको प

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 501 पटक पढिएको
  • नेपाल–कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौंमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

    काठमाडौं । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री ९क्युसीसीआई० को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ (अफएनसीसीआई) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौं आइपुगेको छ।संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता सन् २०२४ अप्रिलमा कतार राज्यका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । यस सम्झौताले नेपाल र कतारबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाएको छ ।महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा काठमाडौं आएको कतारी प्रतिनिधिमण्डलको नेतृत्व कतार चेम्बर अफ कमर्स एण्ड

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 230 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.