काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ खेलमा वेस्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित भएको छ ।

भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो बेलुका भएको खेलमा वेस्ट इन्डिजले दिएको २५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १४७ रन बनायो । जिम्बाबेका ब्राड इभान्सले ४३ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोतीले ४ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनायो ।

वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन बनाए । जिम्बावेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले २–२ विकेट लिए । टी–२० विश्वकपमा यो दोस्रो ठूलो योगफल हो । यो जीतसँगै वेस्ट इन्डिज ‘सुपर–८’ को समूह १ मा शीर्ष स्थानमा पुगेको छ ।