विदेश

    Showing 461-470 of 1,579 items.
  • कोरोनाबाट अमेरिकामा ३५० र भारतमा ११ जनाको मृत्यु

    काठमाडौं— कोरोनाबाट अमेरिकामा ३५० र भारतमा ११ जनाको मृत्यु भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ भने भारतमा संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ।कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, सिंगापुर र हङकङ लगायत एशियामा तिब्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूका अनुसार यो भेरियन्ट अझ छिटो फैलिने देखिएको छ । यद्यपि यसको गम्भीर अनुसन्धान भने जारी रहेको सिडिसीले जनाएको छ।खासमा अमेरिकामा २३ प्रतिशत वयस्कहरूले मात्र अद्यावधिक खोप लिएका छन्। यो संख्या बालबालि

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 328 पटक पढिएको
  • लिभरपुलको विजय र्‍यालीमा कार कुदाउँदा ४७ जना घाइते

    काठमाडौं— बेलायतको लिभरपूल सहरमा एक व्यक्तिले फुटबल समर्थकहरुमाथि गाडी कुदाएका छन्। इङ्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन लिभरपुल क्लबको विजयी ¥यालीमा सहभागीहरुमाथि एक व्यक्तिले गाडी कुदाउँदा ४७ जना घाइते भएका छन्। जसमध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको छ। २० जनाको घटनास्थलमै उपचार गरिएको बीबीसीले जनाको छ । केही व्यक्ति गम्भीर घाइते भएका छन्। लिभरपुलको जितमा स्थानीय समयअनुसार सोमबार साँझ वाटर स्ट्रिटमा खुसीयाली मनाइरहेका सयौँ मानिसको भिडमा एउटा कार छिरेको थियो। उक्त कारका चालक बेलायतकै ५३ वर्षीय नागरिक रहेको प्रहरीले जनाएको छ। उनी पक्राउ परेका छन्। यस घटनामा कुनै आतंकवादी सम्बन

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 299 पटक पढिएको
  • दोस्रो विश्वयुद्द पछि पहिलो पटक जर्मन सेना अन्य देशमा तैनाथ

    बर्लिन, १२ बैशाख । दोस्रो विश्वयुद्धमा पराजय भएको जर्मनीले पहिलो पटक जर्मनी बाहिर आफ्नो सेना तैनाथ गरेको छ ।जर्मन चान्सलर फ्रेडरिक मर्जले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) को पूर्वी भागको रक्षा गर्नका लागि युरोपियन मुलुक लिथुआनियामा बर्लिन ब्रिगेड पठाएका हुन् ।जसको बातावरण बनाउनका लागि उनले यसै साता लिथुआनियाको भ्रमणसमेत गरेका थिए । गत बिहीबार अर्थात मे २२ मा भएको भ्रमणमा चान्सलर मर्जसहित जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियससँग सामेल रहेका थिए। सोही समारोहमा जर्मनीको बख्तरबंद ब्रिगेड औपचारिक रूपमा गठन गरिएको घोषणा गरिएको हो ।युक्रेनमा रुसको आक्रमणको बीचमा चान्सलर मर्जले भने, ‘हाम्रा बाल्टिक

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 260 पटक पढिएको
  • इजरायली आक्रमणमा जब एक चिकित्सकले नौ सन्तान गुमाइन्

    गाजा— गाजामा इजरायलले गरेको आक्रमणमा एक चिकित्सकले नौ सन्तान गुमाएकी छन्। खान युनिसमा रहेको अस्पतालमा कार्यरत डा. अला अल नजारले १० मध्ये नौ छोराछोरी गुमाएकी हुन्। बाँकी एक सन्तान र उनका श्रीमान् पनि घाइते छन्।उनको बचेका ११ वर्षीय छोराको शल्यक्रिया गरेका चिकित्सक ग्रेयम ग्रमले वर्षौसम्म बाल रोग विशेषज्ञको रूपमा अन्य धेरैका छोराछोरीको ज्यान बचाउन सक्रिय उनको जीवनमा यो सबै भन्दा ठुलो बज्रपात भएको बताएका छन्।इजरायलले भने बारम्बार शङ्कास्पद व्यक्तिलाई लक्षित प्रहार गरेको तथा कतै पनि संलग्न नहरेका सर्व साधारणलाई केही पनि नगरिएको दाबी गरेको छ।इजरायली डिफेन्स फोर्स आइडिएफले उनीहरूमाथि आक्रमण गर्ने योज

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 220 पटक पढिएको
  • सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

    काठमाडौं— अमेरिकी क्यालिफोर्नियाको सान डिएगोमा बिहीबार बिहान एक सानो निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ। दुर्घटना बाक्लो कुहिरोका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ।‘सेसना ५५० सिटेसन’ नामक सो विमान स्थानीय समय अनुसार बिहान ३:४७ बजे मर्फी क्यान्यन क्षेत्रको आवासीय क्षेत्रमा खस्दा ठूलो क्षति भएको हो। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) का अनुसार, विमान विद्युतको तारमा ठोक्किएर खसेको थियो, जसपछि विमानमा आगो लागेको थियो।दुर्घटनामा चर्चित सङ्गीत व्यवसायी तथा साउन्ड ट्यालेन्ट समूहका सहसंस्थापक डेभ शापिरोसहित सबै ६ जना सवारको ज्यान गएको छ। जमिनमा रहेका बासिन्दामा भ

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 264 पटक पढिएको
  • वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

    काठमाडौं— अमेरिकाको राजधानी वासिङ्टन डी।सी।मा इजरायली दूतावासका दुई कर्मचारीको यहूदी संग्रहालय नजिकै मंगलबार राति हत्या भएको छ। आक्रमणमा एक पुरुष र एक महिला मारिएका छन्।घटनाको पुष्टि अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले गरेकी छन्। उनका अनुसार राति ९स्०५ बजे एफ स्ट्रिटमा गोलीबारी भएको थियो। सो क्षेत्रमा पर्यटकीय स्थल, संग्रहालय, सरकारी भवनहरू र एफबीआईको क्षेत्रीय कार्यालयसमेत रहेको हुँदा सुरक्षा चुनौती गम्भीर देखिएको छ।बीबीसीको भगिनी संस्था सीबीएसलाई स्रोतहरूले बताए अनुसार, दुवै पीडित ‘क्यापिटल यहूदी संग्रहालय’बाट बाहिर निस्कँदै गर्दा आक्रमणको शिकार भएका थिए। प्रारम्भिक अनुसन्धानले यस घटनालाई योज

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 249 पटक पढिएको
  • बैठकमा जब महिला सांसदले आफ्नो नग्न तस्विर देखाएपछि...

    काठमाडौं—  अमेरिकी संसदकी सदस्य न्यान्सी मेसले सदनमा केही गरेकी छन्, जसको चर्चा यतिखेर विश्वभर भइरहेको छ । वास्तवमा उनले संसदमा आफ्नो नग्न तस्विर देखाएकी थिइन । उनले आफ्नो नग्न तस्विर देखाउँदै दावी गरिन कि उनको पूर्व मंगेतरले उनको सहमति बिना उनको फोटो गोप्य रूपमा क्लिक गरेका छन।न्युयोर्क पोष्टका अनुसार यो तस्विर उनले हाउस ओभरसाइट कमिटी सत्रको समयमा देखाएकी थिइन, जब मेसले भिडियो भ्वायरिज्मविरुद्ध कडा कानूनको वकालत गरिरहेको थिए ।साउथ क्यारोलिना कंग्रेस वुमनले भनिन्, ‘स्वतन्त्रता कुनै सिद्धान्त होइन। स्वतन्त्रता भनेको तपाईं सुत्दा तपाईंको अनुमति बिना कसैले तपाईंको तस्बिर खिच्नु हुँदैन।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 223 पटक पढिएको
  • विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

    टोरोन्टो, ६ जेठ । क्यानडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन्, जसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर तपाईको मुख भने तितो हुन सक्छ ।हो खासमा  ‘ब्ल्याक आइभोरी कफी’ संसारको सबैभन्दा महँगो कफीको रूपमा दर्ज भएको छ, यो खासमा हात्तीको गोबरबाट बनेको कफी हो । जसले तपाईलाई मुख नमिठो बनाउन सक्छ। हो, सुन्दा अनौठो लाग्न सक्छ तर यथार्थ यही हो । यो कफीको एक कपको मूल्य करिब ८ हजार नेपाली रुपैयाँ पर्छ ।ब्ल्याक आइभोरी कफीको आधिकारिक वेबसाइटका अनुसार यसलाई बनाउने प्रक्रिया साँच्चै अचम्मको रहेको जनाइएको छ। सबैभन्दा पहिले हात्तीहरूलाई ठूलो मात्रामा कच्चा कफी फलहरू खुवाइ

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 349 पटक पढिएको
  • जो बाइडेनलाई प्रोष्टेट क्यान्सर: राजनीतिक नेताहरूको सहानुभूति

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनाएको छ ।बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ  भएको बताएको छ । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 331 पटक पढिएको
  • दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

    गाजा, ५ जेठ । इजरायली सेनाले आइतबार गाजाका विभिन्न क्षेत्रमा जमिनी आक्रमण गरेको छ ।अल जजीराको रिपोर्टका अनुसार एकै दिनमा यी आक्रमणमा १५१ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २ महिनामा इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो।यसअघि मार्च १८ मा इजरायली हमलामा ४ सयभन्दा बढीको मृत्यु भएको थियो । इजरायलले गाजा पट्टीमा विगत ४ दिनदेखि आक्रमणलाई तीव्र पारिरहेको छ । यी ४ दिनमा अहिलेसम्म झण्डै ४ सय जनाको मृत्यु भएको छ।इजरायलले गाजालाई नियन्त्रण गर्न मे ५ मा ‘गिडोन केरियट्स’ सैन्य अभियान सुरु गरेको थियो। इजरायलले हमासको अन्त्य नभएसम्म आफ्नो कारबाही जारी राख्ने बताएको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 364 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा