विदेश

    Showing 381-390 of 1,579 items.
  • भारतको तेलंगानामा औषधि कारखानामा विष्फोट, ३४ जनाको मृत्यु

    भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लास्थित एक औषधि उद्योगमा सोमबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमै ३१ जनाको ज्यान गएको हो भने उपचारको क्रममा थप ३ जनाले अस्पतालमा ज्यान गुमाएका छन्। घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्।विष्फोट तेलंगानाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान भएको हो। विष्फोटको कारण उद्योगको मुख्य भवन ध्वस्त भएको छ। भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा घटनास्थलमा आगलागी भएको देखिन्छ।विष्फोटको कारणबारे अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले

    • प्रकाशित मितिः असार १७, २०८२
    • 214 पटक पढिएको
  • इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

    वासिंगटन डिसी, १७ असार । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बंकरहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ? यो दावी हो, अमेरिकाले बनाएको १३ हजार केजीको बमको । पृथ्वीभन्दा सय फिट मुनि गएर कंक्रिट र स्टिलले बनेका शत्रुका बङ्कर ध्वस्त पार्ने यो बमको दुनियाँमा विशालको हैसियत पाएको  थियो । तर, इरानमा भएको आक्रमण पछि भने यो बमको बिषयलाई लिएर यतिखेर धेरै प्रश्न उठिरहेको छ ? पुरा कथा सुनेर तपाई पनि छक्क पर्नु हुनेछ ।अमेरिकाल

    • प्रकाशित मितिः असार १७, २०८२
    • 192 पटक पढिएको
  • हैदराबादको केमिकल कारखानामा विस्फोट

    काठमाडौं — भारतको हैदराबादस्थित पसामिलाराम औद्योगिक क्षेत्रको एक केमिकल कारखानामा विस्फोटपछि ठूलो आगलागी भएको छ।सिगाची केमिकल्स नामक उक्त कारखानामा सोमबार भएको विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। यद्यपि पाटन्चेरु क्षेत्रका विधायक महिपाल रेड्डीले हालसम्म मृत्यु संख्या यकिन गर्न नसकिएको बताएका छन्। बीबीसीले पनि मृत्यु संख्या आधिकारिक रूपमा पुष्टि गरेको छैन।मिडिया रिपोर्टअनुसार, विस्फोटका कारण करिब २० जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ।विस्फोटको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 354 पटक पढिएको
  • चीनले जापानी समुद्री खाना आयातमा लगाएको प्रतिबन्ध आंशिक रूपमा हटायो

    काठमाडौं — फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी समुद्रमा छोडिएको भन्दै लगाइएको प्रतिबन्ध दुई वर्षपछि चीनले हटाएको छ। चीनले अब जापानका अधिकांश क्षेत्रबाट सर्तसहित समुद्री खाना आयात सुरु गर्ने भएको हो।तर यो निर्णय जापानका सबै प्रान्तमा लागू हुने छैन। टोकियो र फुकुशिमासहित ४७ मध्ये १० प्रिफेक्चरबाट आयात अझै प्रतिबन्धित नै रहनेछ।चीनको सामान्य भन्सार प्रशासनले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा फुकुशिमाबाट समुद्रमा छोडिएको पानीको दीर्घकालीन अनुगमनमा कुनै असमान्यता नदेखिएको उल्लेख छ।सन् २०११ मा आएको विनाशकारी सुनामीका कारण जापानको उत्तर–पूर्वी क्षेत्रस्थित फुकुशिमा आणविक प्लान्टका तीन रिएक्

    • प्रकाशित मितिः असार १६, २०८२
    • 314 पटक पढिएको
  • इरानमाथि बम खसाउन ट्रम्पलाई फकाएका थिए सिनेटर ग्राहमले, अमेरिकालाई आक्रामक बनाउन पैरवी

    एजेन्सी -  इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बेलामा इरानमाथि अमेरिकी बम खसाउनका लागि राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिनेटर लिन्डसे ग्राहमले मनाएको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ ।साउथ क्यारोलाइनाका रिपब्लिकन सिनेटर ग्राहम कट्टर युद्धपक्षधर सांसद हुन् ।ट्रम्पले इजरायल इरान द्वन्द्व रोक्नका लागि कस्तो कदम चाल्ने भनी सोचिरहेको बेलामा ग्राहमले नै इरानको आणविक कार्यक्रमलाई ध्वस्त पार्नका लागि बम आक्रमणको सल्लाह दिएका हुन् । इरानले आणविक कार्यक्रम पुनः सुरु गरेमा के गर्ने भनेर पनि ग्राहमले ट्रम्पलाई सल्लाह दिइरहेका छन् ।यसअघि ट्रम्पसँग धेरैपटक झगडा गरिसकेका ग्राहमले फेरि ट्रम्पसँग नजिकिनका लाग

    • प्रकाशित मितिः असार १६, २०८२
    • 288 पटक पढिएको
  • साहसी अग्नि नियन्त्रकहरूमाथि गोली प्रहार दुई जनाको मृत्यु

    काठमाडौं— अमेरिकाको इडाहो झाडीमा लागेको आगो निभाउने प्रयास गरिरहेका दुई जनाको गोली हानी हत्या गरिएको छ । स्थानीय सेरिफ रोबर्ट नोरिसका अनुसार कोउर डीुएलेन सहरमा कम्तीमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएका थिए । एफबीआईका उपनिर्देशक डान बोन्जिनोले धेरै साहसी अग्नि नियन्त्रकहरूमाथि आक्रमण भएको बताए । 

    • प्रकाशित मितिः असार १६, २०८२
    • 486 पटक पढिएको
  • प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

    काठमाडौं  -  प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी र सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 282 पटक पढिएको
  • इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

    काठमाडौं -  इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।अक्टोबर ७, २०२३ मा हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ५६ हजार चार सय १२ पुगेको छ भने अन्य १३ लाख तीन हजार ५४ जना घाइते भएका छन् । 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 171 पटक पढिएको
  • फिफा क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको जित

    काठमाडौं । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको समूह ‘जी’को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले इटालियन जायन्ट युभेन्ट्सलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दै समूह चरणमा शतप्रतिशत जितको यात्रासहित शीर्ष स्थान सुरक्षित गरेको छ ।खेलको सुरुआती मिनेटमै तीव्र गतिमा आक्रमण गरेको सिटीले ९औं मिनेटमा जेरेमी डोकुको गोलमार्फत अग्रता लिएको थियो । तर त्यो खुशी लामो समय टिक्न सकेन । गोलकिपर एडरसनको गल्ती पछि युभेन्ट्सका टिर्याप कोप मेरिनेसले ११औं मिनेटमै बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्चकता थपे ।२६औं मिनेटमा युभेन्ट्सका पियरे ओलकाउले आत्मघाती गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए

    • प्रकाशित मितिः असार १३, २०८२
    • 150 पटक पढिएको
  • माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

    काठमाडौं  - बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ ।बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ ।भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले अछाम, सुर्खेत र दैलेख जिल्लाको सिमाना कर्णाली नदिमा यो परियोजना निर्माण गरिरहेका छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 377 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा