एजेन्सी / भारतको मुम्बईबाट पश्चिम बङ्गालको दुर्गापुरतर्फ जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान आँधीमा फस्दा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । ठूलो आँधीबीच पाइलटले विमानलाई सुरक्षित अवतरण गराएका थिए । घटनापछि विमानमा सवार करिब ४० यात्रु घाइते भएका उनीहरूलाई उपचारका लागी तत्कालै अस्पताल पुर्याइएको थियो । आइतबार दिउँसो विमान दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयरपोर्टमा ल्यान्ड गर्न लागेको बेला आएको जहाज तुफानमा फसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि जहाज जोडसँग हल्लिएर र क्याबिनमा राखेका समानहरू झर्न थालेका थिए । पाइलटले सिट बेल्टको साइन अन गरेका थिए । यो सँगै फुड ट्रलीसँग ठ
एजेन्सी / रुस र युक्रेनको जारी युद्धका क्रममा रुसी सेनाको मिसाइल आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग (रनवे) पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।युक्रेनको मारियुपोल शहरको स्टिल कारखानामा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन ।मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु युक्रेनी सेनाको सहयोगमा त्यहाँबाट भागेका हुन् । रुसको घेरामा रहेको सो क्षेत्रमा आवतजावत समेत ठप्प पार्ने निर्देशन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका थिए । अझै पनि १ हजार सर्वसाधारण सो क्षेत्रमा फसेको र उनीहरूको उद्धार कार्य भने जारी रहेको युक्रेनले ज
एजेन्सी / भारतमा मनोज पाण्डेले शनिबार भारतीय सेनाको नयाँ प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । पाण्डेले २९ औं प्रधान सेनापतिका रूपमा शनिबारबाट कार्यकाल सुरू गरेका हुन् । यस्तै नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले पनि आइतबारदेखि भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । हर्षवर्द्धन श्रींगलाले अवकाश भएपछि क्वात्रा विदेश सचिव र मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाएपछि पाण्डे नयाँ प्रधान सेनापति बनेका हुन् ।
एजेन्सी / अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेहरूको काबुलको विभिन्न अस्पतालमा उपचार भइरहेको समाचार संस्था एएफपीले जनाएको छ । तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।
एजेन्सी / स्वास्थ्य मन्त्रालय भारतमाको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७, ८०१ पुगेको छ ।
एजेन्सी / रुस र युक्रेनबीचको युद्धले विश्वभर खाद्य संकट बढ्दै गएको अवस्था छ । युद्धका कारण गहुँ, मकै, तोरी जस्ता अन्नहरूको सबैभन्दा संकट परेका छन् ।खाद्य संकट समस्या उत्पन्न भएको बेला खाद्य पदार्थको मूल्यमा व्यापक वृद्धि भइरहेको छ । विश्वका कतिपय देशहरूमा यसको असर परेको छ । यसकारण कतिपय देशहरूको ध्यान भारततर्फ जान थालेको छ । उनीहरु भारतबाट गहुँलगायतका खाद्यान्न आयातको पहल गरिरहेका छन् । इजिप्टले भारतबाट खाद्यान्न आपूर्ति गर्न प्रक्रिया थालिसकेको छ ।यसैगरी, विश्व व्यापार संगठनको सम्मेलनमा भारतका खाद्य तथा आपूर्ति मन्त्रालयका अधिकारी एस जगन्नाथले जोखिममा रहेका आफ्ना नागरिकलाई आफूहरूले खाद्
एजेन्सी / विश्व कै ठूला उद्यमी एवम् ठूला धनाड्यको सूचीमा रहेका एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेसँगै उनले कोकाकोला समेत खरिद गर्ने बताएका छन् । टेस्ला मोटर्सका प्रमुख कार्यकारी अधिकृत रहेका एलन मस्कले ४४ बिलियन डलरमा खरिद गरेको ट्विटरमै कोकाकोला खरिद गर्ने भन्दै ट्विट लेखेका हुन् ।उनले कोकाकोला खरिद गरेपछि त्यसमा कोकिन हाल्ने समेत बताएका छन् । मस्कले अर्को एउटा अघिल्लो ट्विटको स्क्रिनसट गर्दै भनका छन्, म अब म्याकडोनाल्ड खरिद गर्नेछु र सबै आइसक्रिम मेसिन ठीक गर्नेछु,’
एजेन्सी / विश्व कै ठूला उद्यमी एवम् ठूला धनाड्यको सूचीमा रहेका एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन् । टेस्ला मोटर्सका प्रमुख कार्यकारी अधिकृत रहेका एलन मस्कले ४४ बिलियन डलरमा ट्विटर कम्पनी किनेका हुन् ।केही दिन अगाडि ट्विटरको ९ प्रतिशत सेयर किनेका एलनले भने अहिले ट्विटरको सबै सेयर किनेका छन् । उनले ट्विटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् ।ट्विटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने भएपछि एलनलाई सेयर बेचेको ट्विटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले बताएका छन् । एलन मस्कले पनि धेरै समसामयिक विषयमा बहस गर्ने माध्यम बनेको ट
एजेन्सी / नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको यहाँका अधिकारीहरूले जनाएका छन् । नाइजेरियाका अधिकारीहरूका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइ आएको पाइएको बताइएको छ ।इमो प्रान्तका प्रहरी प्रमुखले सो प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति विस्फोटन भएको थियो । त्यस क्रममा काममा रहेका १०० जना भन्दा बढी कर्मचारीको ज्यान गएको छ । उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात् आगलागी भएको र लगत्तै विस्फोट भएको थियो । त्यसमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् ।उक्त केन्द्र प्
एजेन्सी / जापानको उत्तरी होकाइडो टापु नजिकै २६ जना सवार पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । यसमध्ये २ जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए ।स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा परेको सन्देश पठाएको अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीका अनुसार डुङ्गामा सवार मध्ये चार जनालाई फेला पारेको र उनीहरूलाई उपचारलाई लगिएको छ ।काजु वान नाम डुङ्गा शिरेटोको प्रायद्वीपमा ३ घण्टा लामो दृश्यावलोकनका लागि गएको बताइएको छ । यो क्षेत्र युनेस्कोको सम्पदाको सूचीमा रहेको छ । कोस्ट गार्डले उद्धारका लागि प्रहरी र सेना सहित स्थानीयहरू ख
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.