काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् ।
रुसी कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल शनिबार पार्टी प्रवक्ता प्रकाश ज्वालासहित मस्को उडेका हुन् ।
नेपालले सोमबार हुने सम्मेलनलाई सम्बोधन गर्ने तालिका रहेको नेकपाले जनाएको छ । रुस बसाइका क्रममा नेपालले रूसी कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभसँग भेट्नेछन् ।
भेटमा दुई कम्युनिष्ट पार्टी तथा नेपाल–रुस सम्बन्धबारे छलफल हुने बताइएको छ ।






































