एजेन्सी— अमेरिकामा इरान युद्धको विरोधमा प्रदर्शन तीव्र भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरेको सैन्य हमलाको विरोधमा पूर्वसैनिक र उनीहरूका समर्थकले वासिङटन डीसीमा रहेको अमेरिकी संसद् भवनबाहिर प्रदर्शन गरे।
विरोध प्रदर्शनमा ठुलो संख्यामा पूर्वसैनिक र युद्धविरोधी कार्यकर्ता सहभागी भएका थिए।
सो प्रदर्शनमा डेमोक्र्याटिक सांसदहरू ट्यामी डकवर्थ र टिम केन पनि उपस्थित थिए।
हालैका दिनमा अमेरिकी कंग्रेस र पूर्वसैनिक समूहभित्र ट्रम्पले अपनाएको इरान नीतिको विरोध बढेको छ।






































