विदेश

    Showing 271-280 of 1,579 items.
  • अमेरिकी सेनाको शिविरमा गोलीकाण्ड, पाँच सैनिक घाइते

    काठमाडौं— अमेरिकी राज्य जर्जियामा रहेको एक सैन्य अड्डामा गोलीबारी भएको खबर आएको छ।एटलान्टाबाट करिब ३८६ किलोमिटर टाढा रहेको फोर्ट स्टुअर्ट मिलिटरी बेसमा भएको गोलीकाण्डपछि त्यहाँ तालाबन्दी लगाइएको छ र संदिग्ध बन्दुकधारीलाई हिरासतमा लिइएको छ।यस घटनामा पाँच सैनिक घाइते भएको बताइएको छ, जसलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। यो घटना बुधबार स्थानीय समय अनुसार राति ११ बजे (भारतमा राति ९ बजे) भएको थियो।

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 572 पटक पढिएको
  • अमेरिकामा युनाइटेड एयरलाइन्सका उडान ठप्प, यात्रु अलपत्र

    काठमाडौं –  अमेरिकामा हवाई उडान सेवा बन्द भएका छन्। अमेरिकाको युनाइटेड एयरलाइन्सका उडान सेवा बन्द भएका हुन्। बुधबार रातिसम्ममा युनाइटेड एयरलाइन्सका ८०० भन्दा बढी उडान रद्द गरिएका छन्। सयौं उडानमा ढिलाइ भएका थियो। ठूलो प्राविधिक गडबडीका कारण अमेरिकाभरि उडान  रोकिएको बताइएको छ। यसबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रा नराम्ररी अवरुद्ध भएको छ।विमानस्थलमा यात्रुहरू अलपत्र परेका  छन्।जानकारी अनुसार ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थल (आईएएच)मा एयरलाइन्स यात्रुहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो।एयरलाइन्सले यो अवरोध प्रेषण र इन्धन भर्ने प्रणालीमा खराबी आएको जन

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 556 पटक पढिएको
  • शिकार गर्न गएका अमेरिकी करोडपति आफैँ शिकार, भैंसीको आक्रमणमा ज्यान गुमाए

    केपटाउन– दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा शिकारको क्रममा अमेरिकी करोडपति एवम् चर्चित ट्रफी शिकारी आशर वाटकिन्सको मृत्यु भएको छ।५२ वर्षीय वाटकिन्स केपले भैंसीको शिकार गर्न गएका बेला आक्रामक स्वभावको एउटा भैंसीकै आक्रमणमा परेर गत अगस्ट ३ मा घटनास्थलमै ज्यान गुमाएका हुन्।शिकारका क्रममा उनी एक व्यावसायिक शिकारी र ट्र्याकरको साथमा १.३ टन तौल भएको भैंसीको ट्र्याक गर्दै थिए। त्यहीबेला अचानक ‘ब्ल्याक डेथ’ भनेर चिनिने उक्त भैंसीले उनलाई आक्रमण गरेको थियो। भैंसीले हानेपछि भाग्न नसकेका उनको त्यहीँ ज्यान गएको हो ।शिकारको आयोजक कम्पनी क्वेनराड भर्माक सफारिजले घटनाको पुष्टि गर्दै आशरप्रति श्रद्धाञ्जली अर

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 516 पटक पढिएको
  • चीनमा खुल्यो विश्वको पहिलो रोबोट स्टोर

    एजेन्सी । चीनमा पहिलो पटक रोबोट स्टोर खुलेको छ । दक्षिण चीनको शेन्जेनमा विश्वको पहिलो रोबोट स्टोर खुलेको हो ।शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनीले हालै शेन्जेनमा रोबोट सुपर स्टोर खोलेको हो ।स्टोरभित्र रोबोटिक मसाज उपकरणहरूदेखि रोबोटिक क्यापुचिनो कफी निर्माताहरूसम्मका सबै प्रकारका रोबोटहरू उपलब्ध छन्।स्टोर अटो डिलरशिपहरू जस्तै  देखिन्छ । जसमा बिक्रीमा राखिएका स्पेयर पाट्र्स, सेवा र सर्वेक्षण समावेश छन् । साथै अतिरिक्त सेवाहरूपनि राखिएको छ ।स्टोर उद्घाटनको दिन २६ रोबोट कम्पनीहरूले स्टोरसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । जसमा ५० ह्युमनोइड र सेवा रोबोट फर्महरू सहित दर्जनौं अन्यले चा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 432 पटक पढिएको
  • हेलिकप्टर दुर्घटनामा घानाका रक्षामन्त्रीसहित ८ को ज्यान गयो

    काठमाडौं –  अफ्रिकी देश घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ। घाना सरकारले दुर्घटनालाई "राष्ट्रिय त्रासदी" भनेको छ।दुर्घटनामा घानाका कार्यवाहक उप-राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, राष्ट्रिय प्रजातान्त्रिक कांग्रेसका उपाध्यक्ष शमूएल सारपोङ र पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगेको पनि मृत्यु भएको थियो।हेलिकप्टरमा जम्मा पाँच यात्रु र तीन चालक दलका सदस्य थिए। घानाको सेनाले बताएअनुसार हेलिकप्टरले बिहान ९:१२ बजे राजधानी आक्राबाट उडान भरेको थियो र सुन खानी भएको शहर ओबुआसीत

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 621 पटक पढिएको
  • शिविरभित्र सैनिकद्वारा आफ्नै सहकर्मीमाथि गोली प्रहार

    काठमाडौं –  अमेरिकी सेनाका एक अधिकारीले सैन्य शिविरभित्रै आफ्ना सहकर्मीमाथि अन्धाधुन्ध गोली चलाएका छन्।अमेरिकाको जर्जिया राज्यको फोर्ट स्ट्युवार्ट सैन्य शिविरमा बुधबार एक जना सैनिकले आफ्ना साथीहरूमाथि नै गोली चलाएका हुन्।अन्तर्राष्ट्रिय समाचार संस्था एशोशिएटेड प्रेस (एपी)का अनुसार शिविर भित्रै भएको गोलीकाण्डमा पाँच जना घाइते भएका छन्।गोली २८ वर्षीय कोर्नेलियस र्‍याडफोर्डले चलाएका हुन्। उनी सर्जेन्ट पदमा कार्यरत रहेको एपीको समाचारमा उल्लेख छ।उनले शिविरभित्र गोली चलाएर पाँच जना सैनिकहरूलाई घाइते तुल्याएका छन्।घटनालगत्तै उनलाई नियन्त्रणमा लिइएको शिविरका ब्रिगेडियर जनरल जोन लुबासलाई उद्ध

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 470 पटक पढिएको
  • ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

    काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ ।ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेलको आयात गरिरहेको आरोप लगाउँदै उक्त निर्णय लिएको जनाएको छ ।यस निर्णयप्रति भारतको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘यो कदम अनुचित, अकारण र तर्कहीन छ ।’ साथै भारतले ऊर्जा सुरक्षाका लागि बज

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 459 पटक पढिएको
  • अमेरिकाको भिसा लिन १५,००० डलर धरौटी राख्नुपर्ने नियम

    काठमाडौं –  अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ ।विदेश मन्त्रालयद्वारा जारी एउटा सार्वजनिक सूचनाअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ’ओभरस्टे’ गर्ने अर्थात् भिसा अवधिभन्दा बढी समय बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो । जाँचका लागि आवश्यक जानकारी अपुग हुँदा पनि यो व्यवस्था लागु हुने छ ।मलावी र जाम्बियाबाहेक अरू देशका नागरिकहरूले पनि छिट्टै त्यसै गरी धरौटी रकम जम्मा गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार अमेरिका भ्रमणको स

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 529 पटक पढिएको
  • म्यानमारका कार्यवाहक राष्ट्रपतिको निधन

    म्यानमार— म्यानमारका कार्यवाहक राष्ट्रपति यु म्यिन्ट स्वेको निधन भएकोे छ । सैन्य अस्पतालको आइसीयूमा उपचाररत उनको आज बिहान निधन भएको बताइएको छ । हिजो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा परिषद्का प्रवक्ता मेजर जनरल जअ मिन्टुनले यु म्यिन्ट स्वेको मृत्यु भएको भन्ने समाचारलाई असत्य भनेक थिए ।राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्काअनुसार सन् २०२३ को प्रारम्भदेखि नै स्वेलाई हिँडडुलमा समस्या, खानपानमा कठिनाई र अन्य न्युरोलोजिकल समस्या देखिन थालेका थिए । विस्तृत चिकित्सकीय परीक्षणबाट उनलाई पार्किन्सनलगायत स्नायु रोगहरू भएको पुष्टि भएको थियो ।त्यसपछि २०२४ को अप्रिलमा सिंगापुरमा, सोही वर्षको मेदेखि जुनसम्

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 584 पटक पढिएको
  • ट्रम्पको धम्कि पछि मोदीले पठाए अजित डोभाललाई रूस

    नयाँ दिल्ली, २२ साउन । अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी र तीखो टिप्पणीका बिचमा डोभालको रूस भ्रमणको महत्व अहिले रणनीतिक र राजनीतिक बन्न पुगेको छ ।उनको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब डोनाल्ड ट्रम्पले रुसी तेल र रक्षा उपकरण खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरिरहेका छन् । अब प्रश्न उठ्छ कि ट्रम्पले युक्रेन युद्धका सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका र रुसबाट टाढा हुन भारतलाई दबाब दिइरहेका बेला भारतका सुरक्षा सल्लाहकार डो

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 204 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा