विदेश

    Showing 2,021-2,030 of 2,133 items.
  • भारतको नदी किनारमा तीन दर्जन बढी शव फेला

    बिर्तामोड / कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको भारतको नदी किनारमा तीन दर्जन बढी शव शव फेला परेका छन् । भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सीमामा पर्ने गंगा नदीको किनारमा कम्तीमा ४० शव भेटिएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । तर स्थानीय सञ्चारमाध्यमले १०० वटा शव भेटिएको दाबी गरेका छन् । ती शव कैयौं दिनदेखि नदीमा बगेको अनुमान उनीहरूको छ । यति ठूलो मात्रामा नदी किनारमा शव भेटिनुको कारण खुलेको छैन । तर सञ्चारमाध्यमहरूले कोभिड संक्रमणबाट मृत्यु भएकाको शव हुनसक्ने आशंका गरेका छन् । अन्त्यष्टि प्रक्रिया खर्चिलो भएकाले पनि शव नदीमा बगाइदिएको हुनसक्ने स्थानीयको अनुमान छ । भेटि

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 608 पटक पढिएको
  • भू–मध्य सागर पार गरेर १,२०० आप्रवासी इटाली पुगे

    काठमाडौँ / भूमध्य सागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन् । १२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका माछा मार्ने डुङ्गाको सहारामा उनीहरु इटाली आइपुगेको अधिकारीहरुले बताएका छन् ।लाम्पेडुसाका मेयरले मानव तस्करले आजभोलिको शान्त र न्यानो भूमध्य सागरको फाइदा उठाउँदै ठूलो संख्यामा आप्रवासी इटाली पठाएको बताएका छन् ।लाम्पेडुसाका मेयर साल्भाटोर मार्टेल्लोले आप्रवासीको पहिलो टोली बिहान ५ बजे इटाली आइपुगेको जानकारी दिए । यस वर्ष इटालीको तटीय शहरमा एकै दिन यतिठूलो संख्यामा आप्रवासी आइपुगेको यो पहिलो घटना हो । मेयर मार्टेल्

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 143 पटक पढिएको
  • कोलोराडो गोली काण्डमा सातको मृत्यु

    बिर्तामोड(एपी) संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ । कोलोराडो स्पिङ्सको पूर्व तर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीको भनाई छ ।  आफ्नी प्रेमिका सहित पार्टीमा सहभागी भएका गोली चलाउने शंकास्पद व्यक्तिले साथीहरु, परिवार र बालबालिका समेतमाथि गोली चलाएका थिए । घटनास्थलमा प्रहरी पुग्दा सात जना वयस्क व्यक्तिको मृत्यु भइसकेको र एक व्यक्ति गम्भीर चोटग्रस्त अवस्थामा भेटिएका थिए, र उनको पनि अस्पतालमा ज्यान गएको थियो । कोलोराडो राज्यकै बोल्डरको

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 133 पटक पढिएको
  • अफगानिस्तानको राजधानी काबुलमा विष्फोट : ३० जनाको मृत्यु

    काठमाडौं / अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको ज्यान गएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएको समाचारमा जनाइएको छ ।समाचार एजेन्सी रोयटर्सले घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको र उनीहरुको उपचार जारी रहेको जनाएको छ ।समाचार अनुसार अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । शनिबार काबुलको पश्चिममा अवस्थित दश्त–ए–बार्चीको स्कुल बाहिर विष्फोट भएको थियो, जहाँ छात्राहरु थिए ।विष्फोटको समयमा सर्वसाधारण नागरिक पनि इद उल फित्रका लागि आवश्यक सामान किन्न नजिकको बजारमा निस्किएका समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । मु

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 133 पटक पढिएको
  • आन्ध्र प्रदेशमा खानीमा भएको विस्फोटमा परि १० जनाको मृत्यु

    बिर्तामोड(सिन्ह्वा) भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्यान गएको छ । अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो । खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदूूरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन् ।उक्त दुर्घटनामा अझै दश जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ । दुर्घटना लगत्तै प्रहरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 213 पटक पढिएको
  • प्रदर्शनका क्रममा कोलम्बियामा ३१ जनाको मृत्यु

    बिर्तामोड(एएनआई) दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो एक हप्ताको मात्रै भएको इन्स्टीच्युट फर डेभलपमेन्ट एण्ड पिस स्टडीजले जनाएको छ ।  मृत्यु भएका मध्ये सबैभन्दा धेरै २४ जना देशको पश्चिमी काली सहरमा मृत्यु भएको सो संस्थाले जानकारी दिएको छ । कोलम्बियामा ग्यासको मूल्यबृद्धि भएको र कर सम्बन्धी विधेयकमा गलत संशोधन गरिएको भन्दै विरोध प्रदर्शनहरु भइरहेका छन् । राष्ट्र

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 143 पटक पढिएको
  • एक महिलाले नौ जना शिशुलाई जन्म दिइन्

    बिर्तामोड(एपी) अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् ।कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ । जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन् । मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएको छ । पच्चीस वर्षीया आमा हालिमा सिस्सेले मङ्गलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् । मालीका स्वास्थ्य अधि

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 169 पटक पढिएको
  • भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार सङ्क्रमित

    नयाँ दिल्ली / कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ ।सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना सङ्क्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पह

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 144 पटक पढिएको
  • भारतमा कोरोना सङ्क्रमणबाट दुई लाख २२ हजार ४०८ को मृत्यु

    बिर्तामोड(एएनआई) भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजा

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 143 पटक पढिएको
  • मेक्सिकोमा रेल दुर्घटना कम्तीमा २० को मृत्यु, ७० घाइते

    बिर्तामोड(एपी) मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै गरेका दृश्यहरू स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छापिएका छन् । घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको मेक्सिको सिटीका नगर प्रमुख क्लाउडिया शिनबौमले बताए । उनले गम्भीर घाइतेहरूको शल्यक्रिया भइरहेको

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 144 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.