काठमाडौं— अभिनेता, गायक र संगीतकार ऋषभ टण्डनको आज बिहान हृदयघातका कारण निधन भएको छ। उनको परिवारले यो खबरको पुष्टि गरेको छ र यस दुःखद घडीमा गोपनीयता (प्राइभेसी)को आग्रह गरेको छ।रिपोर्ट अनुसार, ऋषभ टण्डन आफ्नी पत्नी ओलेस्या (जो उज्बेकिस्तानकी हुन्) सँग मुम्बईमा बस्दै आएका थिए। दिपावलीको अवसरमा उनी आफ्नो परिवारसँग उत्सव मनाउन दिल्ली गएका थिए, जहाँ आज बिहान उनलाई हृदयघात भयो। उनको अन्त्येष्टि आजै दिल्लीमा सम्पन्न हुनेछ।ऋषभले गत अक्टोबर १० मा पत्नी ओलेस्यासँग आफ्नो जन्मदिन मनाएका थिए। ओलेस्याले त्यसको अवसरमा एउटा पोस्ट पनि शेयर गरेकी थिइन्। त्यसको भोलिपल्ट, अक्टोबर ११ मा, ऋषभले करवाचौथका तस्वीरहरू
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार दुईवटा महत्वपूर्ण द्विपक्षीय सम्झौता सम्पन्न भएको छन् । एक सम्झौता व्यापारसँग सम्बन्धित छ भने अर्को दुर्लभ र महत्वपूर्ण खनिजको आपूर्ति सुदृढ गर्न केन्द्रित छ ।पहिलो सम्झौतामा ‘अमेरिका–जापान गठबन्धनको नयाँ सुनौलो युग’को घोषणा गरिएको छ । यस सम्झौताअनुसार जापानी लगानीकर्ताले अमेरिकामा करिब ५५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन् । बदलामा अमेरिकी पक्षले जापानी निर्यातमा १५ प्रतिशत कर लागू गर्ने व्यवस्था गरेको छ ।दोस्रो सम्झौताले दुर्लभ र महत्वपूर्ण खनिजको खानी र प्रशोधन क्षेत्रमा सहकार्य बढाउने ढाँचा तय
काठमाडौं— भारत, कोलकाताबाट करिब १८० यात्रु बोकेर इन्डिगोको उडान ६ई–१७०३ सोमबार ग्वाङ्झाउ पुगेको छ। यो सँगै भारत र चीनबिच पाँच वर्षदेखि रोकिएको सिधा उडान पुनः सुरु भएको छ।कोभिड महामारीका कारण सन् २०२० मा उडानहरू बन्द भएका थिए। त्यसै वर्ष लद्दाखको गलवानमा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप हुँदा सिधा हवाई सेवा बन्द गरिएको थियो।पछिल्ला वर्षहरूमा दुई देशबिच सम्बन्ध सुधार हुँदैछ। गत वर्ष सीमा गस्तीमा महत्त्वपूर्ण सम्झौता भएको थियो। सात वर्षपछि गत अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गरेका थिए। सो अवसरमा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग भेट पनि गरेका थिए। चिनियाँ विदेशमन्त्री
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियामा सम्पन्न ४७ औं आसियान शिखर सम्मेलनमा सहभागी भई सोमबार बिहान क्वालालम्पुरबाट जापानतर्फ प्रस्थान गरेका छन् ।२४ घण्टे सफल भ्रमण सम्पन्न गरी ट्रम्पले मलेसियाली जनतासँग विदाइ लिँदै ‘एयर फोर्स वन’ विमानमार्फत मलेसियाबाट प्रस्थान गरेका हुन् । मलेसियामा रहँदा उनले स्थानीय अधिकारीहरूसँग भेटघाट गरेका थिए भने मलेसियाली जनताले उनलाई बिदाइ दिएका थिए ।ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा लेखेका छन,“म मलेसियाबाट प्रस्थान गर्दैछु, यो एक महान् र जीवन्त देश हो । यहाँ महत्वपूर्ण व्यापार तथा दुर्लभ खनिजसम्बन्धी सम्झौता भयो, र हिजो सबैभन्दा महत्वपूर्ण रूपमा थाइ
काठमाडौं— चीनले आइतबार दक्षिण–पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह ‘गाओफेन–१४ ०२’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११ः५५ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।गाओफेन–१४ ०२ उपग्रहले विश्वव्यापी स्तरमा उच्च–सटीक त्रि–आयामिक (स्टेरियो) चित्रहरू संकलन गर्न सक्ने क्षमता राख्दछ । यसले देशको आर्थिक विकास, आधारभूत भूगोलसम्बन्धी जानकारी संकलन तथा राष्ट्रिय सुरक्षासम्बन्धी पूर्वाधार निर्माणमा सहयोग पु¥याउने बताइ
एजेन्सी— हमासले शनिबार थप दुई मृतक इजरायली बन्धकहरूको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको छ । यता, इजरायलले सोही दिन युद्धविराम र कैदी आदानप्रदान सम्झौता अन्तर्गत १५ प्यालेस्टिनी बन्दीहरूको शव प्यालेस्टिनी पक्षलाई हस्तान्तरण गरेको छ।इजरायली प्रधानमन्त्रीको कार्यालयले दुई मृतक बन्धकहरूको अवशेषहरू रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत इजरायल रक्षा बललाई हस्तान्तरण गरिएको छ र पहिचानको लागि राष्ट्रिय फोरेन्सिक मेडिसिन संस्थानमा पठाइएको छ।अक्टोबर १० मा लागू भएको इजरायलीसँगको गाजा युद्धविराम सम्झौताको पहिलो चरणको सम्मान गर्दै, हमासले हालसम्म मृतक बन्धकहरूको २८ शवमध्ये १२ शव इजरायललाई हस्तान्तरण गरिस
काठमाडौं— इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै छ ।उनको शव फ्लाई दुबईको विमानमार्फत् भोलि काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।परराष्ट्र मन्त्रालयका अनुसार विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनक
काठमाडौं— अफगानिस्तान र पाकिस्तानका वरिष्ठ सरकारी अधिकारीहरू आफ्नो साझा सीमामा बढ्दो तनाव कम गर्ने उद्देश्यले कतारको दोहामा वार्ताका लागि पुगेका छन् ।पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार रक्षा मन्त्री ख्वाजा आसिफको नेतृत्वमा पाकिस्तानी प्रतिनिधि मण्डल शनिबार दोहा पुगेको हो । त्यस्तै, अफगान अधिकारीहरूले पनि रक्षा मन्त्री मुल्ला मोहम्मद याकूबको नेतृत्वमा उच्चस्तरीय टोली कतार प्रस्थान गरेको पुष्टि गरेका छन् ।यो वार्ता पछिल्ला हप्ता–दिनयता अफगानिस्तान–पाकिस्तान सीमाक्षेत्रमा भएका सानातिना सशस्त्र झडपहरूका बीच भइरहेको हो । यी झडपहरूले दुबै देशबीच पुनः तनाव बढ्ने चिन्ता उत्पन्न गरेका छन् ।यसअघि दुबै
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरुद्ध सैन्य कारबाही गर्ने बाध्य हुने बताए। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवियता विरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताएको हो । हामासले बाँकी मृत बन्धकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिन पछि चेतावनी आएको हो ।चेतावनी मार्फत उनले नागरिक र बन्धकहरू माथि मानवीयता माथि आक्रमण ज
काठमाडौं । हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ ।बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अभिवस्थित फरेन्सिक केन्द्रमा पहिचानका लागि लगिएको बताइएको छ ।यसअघि सम्म हमासले इजरायललाई १० जना बन्धकको शव हस्तान्तरण गरिसकेको छ भने अझै १० जना बन्धकका शवहरू फिर्ता गर्न बाँकी छन् । हमासको सैन्य शाखा ‘अल–कस्साम ब्रिगेड्स’ले विज्ञप्ति जारी गर्दै ‘आफूले सम्झौताअनुसार सबै जीवित इजरायली कैदीहरू र पाउन सकिएका शवहरू हस्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.