विदेश

    Showing 121-130 of 1,578 items.
  • अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

    काठमाडौं— अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो ।दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ ।अमेरिकी संघीय विमान प्रशासनका अनुसार उक्त विमान म्याकडोनेल डगलस एमडी–११ मोडेलको थियो । उनीहरूले जारी गरेको विवरण अनुसार यो प्रारम्भिक जानकारी हो र परिवर्तन हुन सक्छ भनी जनाएको छ । साथै, विमान प्रशासन तथा नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अधि

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 373 पटक पढिएको
  • चिनियाँ बजारमा युएईका उत्पादनः ऊँटको दूध रोजाइमा

    एजेन्सी— आठौं चाइना इन्टरनेशलन इम्पोर्ट एक्पोमा युएईका फर्महरूले चिनियाँ बजारमा प्रवेश गर्ने लक्ष्य राखेका छन् ।चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो चीनको सबैभन्दा ठूलो वार्षिक व्यापार कार्यक्रमहरू मध्ये एक हो । र यो देशको अर्थतन्त्रलाई विश्वका लागि खुला गर्ने प्रतिबद्धताको प्रमुख प्रतीक मानिन्छ । यस वर्ष संयुक्त अरब इमिरेट्सलाई सम्मानित अतिथि देशको रूपमा स्वीकारेको छ । नादिया स्वानका अनुसार युएईले धेरै वर्षदेखि एक्सपोमा निरन्तर उपस्थिति जनाउँदै आएको छ । उड्डयन, वित्तीय सेवाहरू र ऊँटको दूध उत्पादनहरूमा सहभागिता जनाउँदै आएको छ ।‘हामीसँग ७००० ऊँटहरू छन्, र स्पष्ट रूपमा त्यसले धेरै दूध उत्पादन

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 479 पटक पढिएको
  • अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

    काठमाडौं— उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र  घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् ।समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८ किलोलमिटरको गहिराइमा गएको थियो । कम्पनका कारण बाल्ख, समानगन, सार–ए–पोल, बागलान र कुन्दुजसहित पाँच प्रान्तमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।काबुल र उत्तरको प्रमुख शहर मजार–ए–शरीफको बीचमा पर्ने समानगनका पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । त

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 422 पटक पढिएको
  • चीनमा एयर शोः एरोबेटिक टोलीहरूले देखाए अद्भुत कला

    एजेन्सी— पूर्वी चीनको जियाङ्सी प्रान्तको राजधानी नान्चाङमा आइतबार नानचाङ एयर शो तथा एभिएसन इन्डस्ट्री एक्स्पोको आयोजना गरिएको छ । जसमा आठ एरोबेटिक टोलीहरूले आफ्नो अद्भुत सीप प्रदर्शन गरेका थिए।सहभागी टोलीहरूमा चिनियाँ वायुसेनाको एभिएसन युनिभर्सिटीको ‘स्काई विंग’ एरोबेटिक, रूसको ‘वारियर्स’ एरोबेटिक टोली र कमर्सियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना, लिमिटेडका सी ९१९ र सी ९०९ हरु सहभागी थिए । सो क्रममा पाइलटहरूले एकअर्कासँग मात्र नभई दर्शकहरूसँग पनि अन्तरक्रिया गरेका थिए ।सो क्रममा एरोबेटिक टोलीहरूका अतिरिक्त, ६० भन्दा बढी उड्डयन कम्पनीहरू र अनुसन्धान संस्थानहरूले प्रदर्शनी र व्यापार वार्तामा भाग लिए

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 553 पटक पढिएको
  • अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते

    काठमाडौं— अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो ।प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ ।‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 397 पटक पढिएको
  • एनआरएनए एकताका लागि महेशकुमार श्रेष्ठ नेतृत्वले गर्यो मध्यमार्गी प्रस्ताव

    काठमाडौं— गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ ।आइतबार राति बसेको ओवी बैठकले डा.बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो ।श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर)लामाले सहमतिको प्रस्ताव पेश गरेका थिए । बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्व्यन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ ।सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने उल्लेख गरिएको छ ।श्रेष्ठले डा.बद्री केसीले 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 400 पटक पढिएको
  • युनाइटेड नेपाली डायस्पोराको सम्मेलन दक्षिण कोरियामा हुने

    काठमाडौं— गैर आवासीय नेपाली संघ(एनआरएनए)बाट अलग भएर खुलेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडिओ)को बार्षिक साधारण सभा दक्षिण कोरियामा हुने भएको छ ।सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निर्णयहरु पारित गरेको हो । बैठकले आगामी बार्षिक साधारणसभा र एमआइटी फाउन्डेसन सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०–२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, विश्व ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ। सँस्थाको बार्ष

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 410 पटक पढिएको
  • युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैनः ट्रम्प

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् ।फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् ।उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए । अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट हाउसमा भएको भेटमा तोमहक क्षेप्यास्त्रबारे छलफल भएको थियो ।यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ । यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो ।यस्तो मिसाइल सतहबाट

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 415 पटक पढिएको
  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल दोहा प्रस्थान

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।राष्ट्रपति पौडेललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । सो अवसरमा नेपा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 447 पटक पढिएको
  • अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ । स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 453 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा