काठमाडौं— संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू, जो बी १/बी २ भिसाका लागि अन्य सबै हिसाबले योग्य ठहरिन्छन, उनीहरूले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको धरौटी (बन्ड) राख्नुपर्नेछ । धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सु
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अरब इमिरेट्स (यूएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटमा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका आधारमा साझेदारी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।सो अवसरमा महासंघ अध्यक्ष ढकालले नेपालमा उपलब्ध लगानी
काठमाडौं— स्विट्जरल्यान्ड सरकारले अपदस्थ भेनेजुएलाली राष्ट्रपति निकोलस मादुरोसँग सम्बन्धित स्विट्जरल्यान्डस्थित सम्पत्तिहरू तत्काल जफत (फ्रिज) गर्ने निर्णय गरेको छ ।ती सम्पत्तिहरू गैरकानुनी रूपमा आर्जित भएको पुष्टि भएमा भेनेजुएलाली जनताको हितमा प्रयोग गरिने स्विस सरकारले जनाएको छ । स्विस संघीय सरकारले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै मादुरोसँग सम्बन्धित सबै स्विस–आधारित सम्पत्तिमा यो निर्णय तत्काल लागू हुने स्पष्ट पारेको हो ।स्वीस सरकारका अनुसार सोमबार संघीय परिषद्ले मादुरो र उनका नजिकका व्यक्तिहरूको नाममा रहेको सम्पत्ति जफत गर्ने निर्णय गरेको हो । स्विस सरकारको विज्ञप्तिमा भनिएको छ,‘य
काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएको छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजकी सभापति रेनुका पौडेलले मदुरोलाई क्याप्चर गरेको घटनाप्रति आपत्ति जनाएकी हुन् ।‘तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित छ । अमेरिकाको यो कदमले गलत नजीर स्थापना गरेको छ जुन थप अशान्तिको कारक बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।‘मदुरो अनेकौ गम्भिर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार छन तसर्थ मदुरोप्रति मानव अधिक
काठमाडौं— भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस मादुरो गुएराले बुबा–आमाको भेनेजुएला फिर्ती सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धताको आह्वान गरेका छन् ।अमेरिकाले आफ्ना बुबा निकोलस मादुरो र आमा सिलिया फ्लोरेसलाई पक्राउ गरेको घटनालाई उनले ‘अपहरण’ को संज्ञा दिएका छन् । सोमबार भेनेजुएलाको राष्ट्रिय सभामा सम्बोधन गर्दै मादुरो गुएराले दुई दिनअघि क्याराकासमा अमेरिकी सेनाले गरेको सैन्य कारबाहीमार्फत मादुरो दम्पतीलाई पक्राउ गर्नु भेनेजुएलाको सार्वभौमिकतामाथि गम्भीर आक्रमण भएको बताए । उनले यस्तो अभ्यास सामान्यीकृत भए कुनै पनि देश सुरक्षित नरहने चेतावनीसमेत दिए ।“यदि राष्ट्
काठमाडौं— बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा गरेको छ । बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो ।उक्त प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । यद्यपी, पछिल्लो समय भारत र बाङ्ग्लादेशबीच राजनीतिक र कूटनीतिक तनाव बढ्दै गएको थियो । सोही अवस्थामा भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुरोधमा आईपीएल टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले शनिवार बाङ्ग्लादेशी बलर मुस्तफिजुर रहमानलाई टिमबाट हटाउने निर्णय गरेपछि यो विवाद
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबारे दिएको कडा र अभूतपूर्व टिप्पणीले कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका बढेको छ ।ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा विवाद चर्काएको छ । वासिङ्टनमा पत्रकारहरूसँगको छोटो संवादका क्रममा ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ भन्दै वर्तमान नेतृत्व ‘धेरै समय टिक्ने छैन’ भन्ने टिप्पणी गरेका हुन् ।पत्रकारले यसले कोलम्बियामा अमेरिकी कारबाहीको संकेत हो कि भनेर सोध्दा ट्रम्पले ‘मलाई त ठीकै लाग्छ’ भन्दै जवाफ दिएका थिए । उनको यो छोटो अभिव्यक्तिले कोलम्बियामा सम्भावित अमेरिकी हस्तक्षेपको अड्कलबाजी बढाएको छ भने व्यापक आलोचन
काठमाडौं— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो ।‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबा
एजेन्सी— अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएकी छिन् ।उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै यो अपरेशन लागूपदार्थको चिन्ताले नभई तेलको स्वार्थले प्रेरित भएको बताएकी छिन्।ह्यारिसले भेनेजुएलामा ट्रम्पको कार्यले संयुक्त राज्य अमेरिकालाई सुरक्षित नबनाउने बताइन् । उनले त्यहाँ जबरजस्ती शासन परिवर्तन गर्दा अमेरिकी क्षेत्रलाई अस्थिर बनाउन सक्ने र अमेरिकी जीवनलाई जोखिममा पार्न सक्ने चेतावनी दिइन् ।‘भेनेजुएलामा डोनाल्ड ट्रम्पको कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा बढी किफायती
काठमाडौं— संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र क्यारिबियन समुदायले भेनेजुएलामा अमेरिकी सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको पक्राउ गरेको घटनाको संयुक्त रूपमा कडा निन्दा गरेका छन्।यी निकायहरूले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा ठहराएका हुन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी सैन्य हस्तक्षेपले दूरगामी क्षेत्रीय परिणामसहित खतरनाक उदाहरण स्थापित गरेको चेतावनी दिएका छन्।उनले अन्तर्राष्ट्रिय कानून, युएन चार्टर, मानव अधिकार र कानूनको शासनको पूर्ण सम्मानको आवश्यकतामा जोड दिँदै सबै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.