स्वास्थ्य

    Showing 401-410 of 2,504 items.
  • मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालसहित चार औषधि पसल कारवार्हीमा

    जनकपुरधाम— सरकारले निर्धारण गरेको मापदण्ड पालना नगरी दर्ता बिना सञ्चालनमा रहेका एक अस्पतालसहित चार वटा औषधि पसलमाथि धनुषामा कारबाही प्रक्रिया अघि बढाइएको छ।औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधाम र धनुषाका विभिन्न स्थानमा गरेको अनुगमन तथा छड्के निरीक्षणका क्रममा नियमविपरीत सञ्चालनमा रहेका ती स्वास्थ्य संस्थाहरूलाई सिल गरी कारोबार रोक्का गरिएको जनाएको छ।कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा रहेको जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकस्थित प्रशान्त मेडिकल हल, माछा बजारको राघव सर्जिकल पसल र वीरेन्द्र बजारको कम्युनिटी सर्विस अस्पताललाई सिल गरिएको हो।अनुगमनका

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 535 पटक पढिएको
  • रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

    त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त  नगर अस्पताल भवन निर्माण गरिएको हो । बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो । भवनको आइतबार उद्घाटन गरिएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 378 पटक पढिएको
  • गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

    काठमाडौं— डोल्पाकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।​डोल्पोबुद्ध-४ निवासी गर्भवती महिलालाई आइतबार जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पुर्‍याइएको नेपाली सेनाले जनाएको छ ।सेनाका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 521 पटक पढिएको
  • नयाँ वर्षमा नर्भिकले ल्यायो डर्माटोलोजी उपचारमा विशेष छुट अफर

    काठमाडौं— नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्षको अवसरमा विशेष छुटको अफर ल्याएको छ ।अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुटको अफर ल्याएको नर्भिकले जनाएको हो।अफरमा लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।यस्तै हाइड्रा फेसियल र ग्लो पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा १२ हजार रुपैयाँ मात्र लाग्ने छ ।अस्पतालका अनुसार यो अफर आजदेखि ७ जनवरीसम्म लागू हुने छ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 540 पटक पढिएको
  • परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार होः मन्त्री गौतम

    काठमाडौं—  स्वास्थ्य तथा जनसंख्यामन्त्री डा।सुधा गौतमले परम्परागत चिकित्सा पद्धति वैकल्पिक नभई हजारौँ वर्षदेखि चल्दै आएको मूलधारको उपचार प्रणाली भएको बताएकी छन् ।विश्व ध्यान दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै मन्त्री गौतमले योग, ध्यान, आयुर्वेदलगायत झारफुक, धामी–झाँक्रीजस्ता पद्धतिहरूलाई पहिले वैकल्पिक उपचारका रूपमा बुझ्ने गरिएको भएपनि अहिले तिनलाई परम्परागत चिकित्सा पद्धति भनेर मान्यता दिन थालिएको उल्लेख गरिन् ।उनले भनिन्, ‘अहिले विश्वमा नै योग ध्यान आयुर्वेदलगायतका हाम्रा विभिन्न विधाहरु छन् । जसमा झारफुक, धामी–झाँक्रीजस्ता लगायतका जसलाई पहिला वैकल्पिक भन्थ्यौं । यी पद्धतिहरू वैकल्पिक

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 542 पटक पढिएको
  • करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

    सुर्खेत— पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् ।करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको पञ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 549 पटक पढिएको
  • निःशुल्क आँखा शिविरमा ३८४ जनाको परीक्षण, मोतियाबिन्दुका बिरामी बढी

    कैलाली— कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा मोतियाबिन्दुको समस्या देखिएको छ। शिविरमा जाँच गरिएका ३८४ जनामध्ये ७५ जनामा मोतियाबिन्दु पहिचान भएको आयोजकले जनाएको छ।नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतको गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा आयोजना गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।उनले आइतबार र बिहीबार शल्यक्रिया गरिने जानकारी दिँदै बिरामीलाई

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 562 पटक पढिएको
  • आज विश्व ध्यान दिवस मनाइँदै

    काठमाडौं— आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्द

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 519 पटक पढिएको
  • घर घरमा गएर बिरामी जाँच्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका स्वास्थ्यकर्मी

    रामेछाप— आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले घर घरमा गएर बिरामी जाँच गर्न सुरु गरेको छ ।चिकित्सालयले साप्ताहिक रूपमा घरदैलो स्वास्थ्य शिविर अभियान सुरु गरेको छ । सो अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरू घर घरमा गएर बिरामीको सामान्य स्वास्थ्य जाँच गरी उपचार गर्नुपर्ने बिरामीलाई चिकित्सालयमा बोलाउन लागेका छन् ।यसरी घरदैलोमा गएर स्वास्थ्य जाँच गर्दा चिकित्सालयले दिने सेवाको बारेमा नागरिकको जानकारी पनि पाउने र रोग लागेका बिरामीहरूले समयमा नै उपचार पाउने भएकाले यो अभियान सञ्चालन गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए । कार्यालयमा बसेर बिरामी कुरिरहनु भन्दा घरमा नै गएर सेवा दिँदा रोगीको पह

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 614 पटक पढिएको
  • ई–सिगरेट चुरोटजत्तिकै हानिकारक, क्यान्सर हुने जोखिमः यस्तो छ यसको खतरनाक स्वास्थ्य असर

    काठमाडौं—  पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात ई–सिगरेट अत्यधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । भेपलाई चुरोटको विकल्पका रूपमा लिनका साथै सोख र फेसनका रूपमा पनि पिउँने गरेका छन् । तर धेरैजसो भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनविज्ञ रहेको पाइएको छ ।क्यान्सर विशेषज्ञ समीम अख्तरका अुनसार भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ । उनले भेपले फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताए ।उनले भने, ‘हामीले जुन हिसाबले भनिरहेका छौँ, यसले हानी गर्दैन अथवा चुरोटभन्दा कम हानी गर्छ । यो सब गलत चिज हो । भेपले तपाईको फोक

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 514 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.