काठमाडौं— नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्षको अवसरमा विशेष छुटको अफर ल्याएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुटको अफर ल्याएको नर्भिकले जनाएको हो।
अफरमा लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यस्तै हाइड्रा फेसियल र ग्लो पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा १२ हजार रुपैयाँ मात्र लाग्ने छ ।
अस्पतालका अनुसार यो अफर आजदेखि ७ जनवरीसम्म लागू हुने छ ।






































