स्वास्थ्य

    Showing १४१-१५० of २,५०८ items.
  • हरेक वर्ष सुर्तीजन्य पदार्थको कारण ८० लाखभन्दा बढी मानिसको मृत्यु

    काठमाडौं। विश्वभर सुर्तीजन्य पदार्थले लाखौं मानिसको ज्यान लिइरहेको छ। अझ चिन्ताको विषय, करोडौं बालबालिका र किशोरहरू निकोटिनको लतमा फस्दै गएका छन्। विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन डब्लु एच ओ ले गम्भीर चेतावनी दिएको छ।डब्ल्यूएचओका अनुसार विश्वभर १ अर्ब ३० करोडभन्दा बढी मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा छन्। हरेक वर्ष यसको कारण ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। मृत्यु हुनेहरु निम्न आय भएका मुलुकका नागरिकहरु रहेका छन् । अझ डरलाग्दो तथ्य के छ भने १३ देखि १५ वर्ष उमेरका करिब ४ करोड बालबालिका पनि सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न छन्। स्वादयुक्त ई

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • २१४ पटक पढिएको
  • सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहेताको आग्रह

    काठमाडौं— स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्यागका लागि सङ्कल्प गर्न आग्रह गरेकी छिन् ।आइतबार ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्र्दशमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरेकी हुन् ।मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरेकी छिन् ।उनले सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत बताएकी छिन् ।मन्त्री मेहताले इ—सिगरेट, भेप हुक्कामा प

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ५१५ पटक पढिएको
  • विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

    काठमाडौं— आज  विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ ।सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरूले विश्वको ध्यानाकर्षण गराएका थिए ।सुर्तीजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्ममा एक करोड भन्दा धेरैको ज्यान जाने विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ४६८ पटक पढिएको
  • मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अभिनेत्री रेखा थापा

    काठमाडौं—  नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित भएकी छन् ।अस्पताल र अभिनेत्री थापाबीच आगामी एक वर्षका लागि यो व्यवसायिक सम्झौता भएको हो । शुक्रबार नायिका रेखा थापा र मेदान्त आयुर्वेद अस्पतालका संचालक डाक्टर सुवर्ण पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।नयाँ सहकार्यसँगै अबको एक वर्षसम्म अभिनेत्री थापाले अस्पतालका विभिन्न प्रचार–प्रसार, प्रवद्र्धनात्मक गतिविधि र स्वास्थ्य सचेतना अभियानहरूमा सक्रिय रूपमा आफ्नो साथ र सहभागिता जनाउनेछिन् ।सम्झौता पत्रमा हस्ताक्षर गरेपछि आफ्नो खुसी व्यक्त गर्दै अभिनेत्री रेखा थापाले

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • ५२७ पटक पढिएको
  • तिलगंगा अस्पताललाई लेन्स उत्पादनका लागि कर छुट

    काठमाडौं— सरकारले तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनका लागि कर छुट दिने भएको छ ।अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले  आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर छुट दिने उल्लेख गरेका हुन् ।नागरिक स्तरबाट सुरु भई अन्तर्राष्ट्रिय स्तरमा नै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई सरकारले प्रोत्साहन गर्ने मन्त्री वाग्लेले बताए । यसअन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरिने मन्त्री वाग्लेले बताए । 

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ४३५ पटक पढिएको
  • जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार र मासिक भत्ता

    काठमाडौं— सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार र मासिक भत्ता दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जेनजी आन्दोलनका घाइतेको लागि निःशुल्क स्वास्थ्य उपचार घाइतेको अवस्था अनुसार, मासिक भत्ता उपलब्ध गर्ने बताएका हुन् । त्यस्तै, जेनजी घाइतेका लागि उद्यमशीलताका कार्यक्रम सञ्चलन गरिने मन्त्री वाग्लेले बताए । 

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ४०५ पटक पढिएको
  • नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

    काठमाडौं— सरकारले नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर बनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ आर्थिक बर्षको बजेट भाषणमा उक्त घोषणा गरेका हुन् ।महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशत वृद्धि गर्ने उनले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ४२७ पटक पढिएको
  • दोब्बर गरियो बालपोषण भत्ता

    काठमाडौं— सरकारले वितरण गर्दै आएको बालपोषण भत्ता दोब्बर गरी एक हजार रुपैयाँ पुर्‍याएको छ ।शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघिको बालपोषण भत्ता ५०० लाई दोब्बर गरी एक हजार पुर्‍याउने घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ४६४ पटक पढिएको
  • तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

    काठमाडौं— खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्रान्डको तोरीको तेल न्यूनस्तरको भेटिएको हो ।विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ । साथै सो तेलको बिक्री वितरण नगर्न पनि आदेश जारी गरिएको विभागले जनाएको छ ।फिर्ता

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ५४३ पटक पढिएको
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन, कस्ले मार्ला बाजी ?

    काठमाडौं— चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । आयोगको उपाध्यक्षका लागि दरखास्त दिने अन्तिम दिन १३ जेठसम्म १० जनाको आवेदन परेको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठन सिफारिस समितिले जनाएको छ । समितिले ३० वैशाखबाट १३ जेठसम्म चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरेको थियो । अन्तिम दिनसम्म १० जनाको आवेदन परेपछि आयोगले कार्य योजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समय समेत निर्धारण गरेको हो । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष प्रा.डा. गे

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ४४५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.