काठमाडौं— सरकारले तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनका लागि कर छुट दिने भएको छ ।
अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर छुट दिने उल्लेख गरेका हुन् ।
नागरिक स्तरबाट सुरु भई अन्तर्राष्ट्रिय स्तरमा नै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई सरकारले प्रोत्साहन गर्ने मन्त्री वाग्लेले बताए ।
यसअन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरिने मन्त्री वाग्लेले बताए ।
























