काठमाडौं— सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार र मासिक भत्ता दिने घोषणा गरेको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जेनजी आन्दोलनका घाइतेको लागि निःशुल्क स्वास्थ्य उपचार घाइतेको अवस्था अनुसार, मासिक भत्ता उपलब्ध गर्ने बताएका हुन् । 

त्यस्तै, जेनजी घाइतेका लागि उद्यमशीलताका कार्यक्रम सञ्चलन गरिने मन्त्री वाग्लेले बताए ।