स्वास्थ्य

    Showing 121-130 of 2,137 items.
  • बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन

    बाजुरा—  बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन गरिएको छ । ६ दिनसम्म सञ्चालन हुने उक्त शिविर आजबाट सुरु भएको हो ।नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको छ ।शिविरको आइतबार सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले व्यानर बाचन गरेर औंपचारीक रुपमा उद्घाटन गरिन् । गरिव,अपाङ्ग,असहाय, शारीरिक अवस्थाबाट ग्रसित भएका विरामीहरुको लागि शिविर सञ्चालन गरिएको अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।शिविरमा नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञबाट सेवा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 484 पटक पढिएको
  • धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित

    धनुषा— धनुषाका नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि श्रमशोषण भएको भन्दै आज(आइतबार)जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् । निजी स्वास्थ्यसंस्था तथा अस्पतालहरुले तोकेको भन्दा बढी समय काम गराउँदै आएको उनीहरुको आरोप छ । नेपाल सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिक दिनुको साटो ८ हजार देखी १२ हजार सम्म मात्र तलब दिने गरेको उनीहले गुनासो गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 440 पटक पढिएको
  • जिल्ला अस्पतालमा हाडजोर्नी र नसा रोग विशेषज्ञ सेवा पुनः सुरु

    बैतडी । यहाँस्थित जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरुआत गरेको छ ।  जिल्ला अस्पातलमा हाडजोर्नी तथा नसारोग विशेषज्ञका रूपमा डा दिपेन्द्र भण्डारी यहाँ आउनुभएसँगै सो सेवा भए पुनः सुरु भएको हो । हाडजोर्नी तथा नसारोग विशेषज्ञ नहुँदा केही महिना अवरुद्ध भएको सेवा फेरि सञ्चालनमा आएको जिल्ला अस्पतालका प्रमुख डा सुशील विकले जानकारी दिनुभयो ।  शल्यक्रिया सेवा जिल्ला अस्पतालबाटै प्राप्त हुने जनाइएको छ ।  यस्तै, ढाड तथा कम्मर दुख्ने समस्या, घुँडा दुख्ने तथा सुन्निने समस्या, नसा च्यापिएको तथा नसा कमजोर भएको समस्याको उपचार हुने जिल्ला अस्पतालका सूचना अधि

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 277 पटक पढिएको
  • बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमाः भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव

    बाजुरा— भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या हो । बाजुरामा ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 393 पटक पढिएको
  • ५६ हजार ६७३ महानगरबासी स्वास्थ्य बिमामा आवद्ध, ९० करोड ५१ बजेट विनियोजन

    काठमाडौं—  हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो । यस वर्ष १ लाख ९४ हजार १ सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यसमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले गरेको वार्षिक समीक्षा अनुसार यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए भने

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 455 पटक पढिएको
  • निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

    ढोरपाट। रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् । रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख तथा स्तनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको छ । शिविरान ३८४ जनाको पाठेघर परीक्षण तथा १४ जनाको पाठेघरको शल्यक्रिया गरिएको छ । स्वास्थ्य परीक्षणका निम्ति शिविरमा ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिकासहित छिमेकी जिल्ला गुल्मी र रुकुमबाट पनि बिरामी आएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 268 पटक पढिएको
  • भाषण गर्दा ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

    बुटवल— नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। विहिबार  केन्द्रीय कमिटी  सदस्य समेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।६५ वर्षीय गौतमलाई  तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्‍याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 458 पटक पढिएको
  • नर्सिङ पेशामा असन्तुष्टि, मोरङदेखि देशभर आन्दोलनको लहर

    विराटनगर— मोरङका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू पारिश्रमिक र सेवा–सुविधासम्बन्धी माग राख्दै आन्दोलनमा उत्रिएका छन्।नेपाल नर्सिंग संघ मोरङले बुधबार विराटनगरस्थित कोशी अस्पतालमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। संघकी अध्यक्ष लोजिता योञ्जनका अनुसार सरकारले तोकेको पारिश्रमिक नपाएको र सेवा–सुविधामा असमानता रहँदा आफूहरू आन्दोलनमा जान बाध्य भएका हुन्।योञ्जनले नर्सहरूको पेशागत अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन्।मोरङमा मात्र होइन, देशभरका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू पनि समान माग राख्दै आन्दोलनरत रहेका छन्। केही अस्पतालले सरकारले तोकेको सुवि

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 444 पटक पढिएको
  • रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न महाधिवेशन आवश्यक छः नेता पौडेल

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन् । मंगलबार साँझ सामाजिक सन्जालमार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए ।‘अहिले उठेका कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरुको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्य

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 429 पटक पढिएको
  • किष्ट अस्पताल प्रकरणः स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार

    काठमाडौं— सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो ।मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सुत्केरीको मृत्यु कात्तिक ७ गते नै भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 453 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा