स्वास्थ्य

    Showing 1,041-1,050 of 2,138 items.
  • ओमिक्रोनको जोखिम बढेपछि जापान र अस्ट्रेलियामा आवतजावत गर्न रोक

    एजेन्सी  / कोरोनाको नयाँ संक्रमण ओमिक्रोन भाइरसको जोखिम बढ्न थालेपछि अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण रोकथामका लागि भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुने गरी पर्यटक बाहेक अन्यका लागि बोर्ड खुल्ला गरेको थियो तर कोरोना भाइरसको नयाँ संक्रमण देखा परेपछि पुनः डिसेम्बर १५ सम्मका लागि विद्यार्थीलाई प्रवेशमा रोक लगाएको हो । त्यस्तै जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुने गरी विदेशीका लागि पर्यटक भ

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 113 पटक पढिएको
  • देशभर थप २५५ जनामा संक्रमण पुष्टि, २को मृत्यु

    बिर्तामोड / आज देशभर थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ४ हजार ३२९ पीसीआर र २ हजार १४० जनाको एन्टीजेन परीक्षणका क्रममा २५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ३६६ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९३१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५६  जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ९०९ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ। हाल ९८ ज

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 115 पटक पढिएको
  • रुसलेनै बनाउने भयो 'ओमिक्रोन’विरुद्धको खोप

    एजेन्सी / कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ ।केन्द्रका अधिकारीहरूले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् ।उनीहरूले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरूले बताएका छन् ।अन्तर्र

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 108 पटक पढिएको
  • आत्महत्याका घटना बढेपछि कीटनाशक विषादीमा प्रतिबन्ध

    बुटवल / रूपन्देहीमा कीटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ । विषादीका कारण आत्महत्याका घटना बढेको भन्दै स्थानीय प्रशासनले सेल्फास नामक आल्मुनियम ट्याब्लेटको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको हो ।जिल्ला प्रहरी कार्यालय रूपन्देही, मानसिक रोग विशेषज्ञ, क्वारेन्टाइन कार्यालयका प्रमुख, स्थानीय तह कृषि शाखा प्रमुख, एग्रोभेट सञ्चालक, विषादी बिक्रीवितरण गर्ने पसल सञ्चालक लगायत सरोकारवालाको संयुक्त बैठकले विषादी बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।आत्महत्याका घटना न्यूनीकरण गर्न सेल्फास नामक कीटनाशक विषादीको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको रूपन्देहीका प्रहरी प्रमुख

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 118 पटक पढिएको
  • अफ्रिका महादेशबाट नेपाल आउन प्रतिबन्ध

    झापा / सरकारले अफ्रिकी मुलुकबाट नेपाल आउन रोक लगाएको छ । अफ्रिकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै नेपाल आउन रोक लगाइएको हो । हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकलाई अनअराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरूलाई निर्देशन दिइसकेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले भने, – ‘अफ्रिकी देशहरूबाट आउने नागरिकहरूलाई अनअराइभल भिसा दिने सिस्टम थियो, त्यसलाई बन्द गरौँ भनेर अध्यागमन कार्यालय र २२–२३ वटा एयरलाइन्स सबैलाई निर्देशन दिइसकेको छ ।’प्रवक

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 110 पटक पढिएको
  • देशभर १५८ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

    झापा / आज देशभर थप १५८ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । आठ हजार ९१८ जनामा आरटी पीसीआर परीक्षणमा १५८ र दुई हजार ३१४ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ ।यसैगरी देशभर हालसम्म छ हजार ९६६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ६११ जनाले कोरोना विरुद्धको खोप लगाएक

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 109 पटक पढिएको
  • कपिलवस्तुमा हैजाबाट थप एकको मृत्यु

    कपिलवस्तु  / कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका –६ महुवाका १३ वर्षीया बालिका सिर्जना यादव (खुस्वु) रहेकी छिन् । कपिलवस्तु अस्पताल, तौलिहवामा उपचारको क्रममा यादवको मृत्यु भएको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।  अहिले सम्म हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुमा गत असोज १८ गते देखिएको हैजा फैलिएको थियो । बुद्धभूमि –७ मानपुरमा असोजको पहिलो साता साढे दुई वर्षकी बालिकाको झाडापखालाको कारण ज्यान गएको थियो ।बुद्धभूमिका –५ र मायादेवीको –७ मा कोलेरा एन्टिजिन टेष्ट गर्दा

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 120 पटक पढिएको
  • कोशीमा हामफालेर स्वास्थ्यकर्मीले गरे आत्महत्या

    दमक  / शनिबार कोशी नदीमा हाम फालेर एक स्वास्थ्यकर्मीले आत्महत्या गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा कार्यरत झापाको दमक नगरपालिका –६ का सुवास नेपालले शनिबार सप्तकोसी ब्यारेजको ५२ ढोकाबाट हाम फालेका थिए । हामफालेको ठाउँदेखि केही पर उनको शव बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उनले आत्महत्या गर्नकाे कारण भने नखुलेकाे काफ्लेले बताए । 

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 345 पटक पढिएको
  • कोरोना अपडेट : २१३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    झापा / आज देशभर आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ९०७ पीसीआर र १ हजार ७२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २० हजार ७२४ जना पुगेको छ। कुल संक्रमित मध्ये ७ हजार १५६ जना सक्रिय संक्रमित छन्। उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७८ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 109 पटक पढिएको
  • नयाँ भेरिएन्ट ओमाइक्रोनको संक्रमण फैलिन नदिन नेपालले थाल्यो पूर्व तयारी

    काठमाडौँ / दक्षिणदक्षिण अफ्रिका सहितको अन्य मूलुकहरुमा कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएसँगै नेपालले पनि रोकथामको पूर्वतयारी थालेको छ । दक्षिक अफ्रिकामा पहिलोपटक पुष्टि भएको कोरोनाको नयाँ भेरिएन्ट ओमाइक्रोनको संक्रमण नेपालसँग सीधा उडान भएको हङकङमा पनि पुष्टि भएपछि नेपालले पूर्वतयारी थालेको हो । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने बताएका छन् ।मन्त्री आलेले भने, – ‘धेरै देशहरूले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्रतिबन्ध लगाएको स्थिती छ । यो परिस्थितिमा

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 141 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा