काठमाडौँ / पछिल्लो २४ घण्टमा देशभरमा  थप ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५९ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ८८२ जनाको कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित थपिएका हुन् ।

एक हजार ७५३ जनाको पिसिआर र एक हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १८३० जना सक्रिय संक्रमित छन् । १६१ जना संक्रमित निको समेत भएका छन् । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

OM Sai Pathibhara Hospital