झापा / नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८९ र एन्टीजेन परीक्षणमा १५ गरेर आइतबार १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

यो अवधिमा दुई जनाको मृत्यु भएको छ भने २०१ जना डिस्चार्ज भएका छन् । आठ हजार ४१२ जनाले खोप लगाएका  मन्त्रालयले जनाएको छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ सय १६ रहेको छ।