झापा / चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत प्रा. डा. गोविन्द केसी आजदेखि अनशन बस्ने भएका छन् । अनशन बस्नका लागि डा. केसी काठमाडौँ बाट सोमबार अपरान्ह श्री एयरलाइन्सको विमान मार्फत धनगढी धनगढी पुगेका छन् ।

केसीले आफ्नो ६ बुँदे माग पूरा गर्न सरकारलाई भदौ १२ गते दुई साताको अल्टिमेटम दिएका थिए । उक्त अल्टिमेटम आज सकिदैछ । तर, सरकारले यो अवधिमा डा. केसीका माग सुनवाई गर्ने कुनै तयारी गरेको छैन । जसका कारण डा. केसी अनशन बस्न धनगढी पुगेका हुन् । 

OM Sai Pathibhara Hospital

केसीले यसअघि १९ पटक अन्सन बसिसकेका छन् । यो केसीको २० औं अनशन हो । उनले बिपीमा नियम विपरित भएका नियुक्ति खारेज गर्नुपर्ने, प्रतिष्ठान छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बसेकाहरूको स्वार्थ द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन बमोजिम २०६५ भित्र मेडिकल शिक्षण संस्थालाई गैरनाफामूलक बनाउनुपर्ने, विद्युतीय सवारी साधन चलाउन कानुनी व्यवस्था गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाहरूको स्तरवृद्धि गर्नुपर्नेलगायतका ६ बुँदे माग अगाडि सारेका छन् ।