काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति चयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। उपकुलपति पदका लागि परेको आवेदनमध्ये ३५ जनाको दरखास्त स्वीकृत भएपछि छनोट प्रक्रिया अर्को चरणमा प्रवेश गरेको हो।उपकुलपति छनोट तथा सिफारिस समितिले साउन ४ गतेको निर्णयअनुसार योग्य ठहरिएका ३५ आवेदकलाई प्रतिस्पर्धामा राखेको छ। अब समितिले मूल्यांकन र अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरी अन्तिम तीन जनाको नाम सिफारिस गर्नेछ। समितिले सिफारिस गरेका तीनमध्येबाट काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ले नयाँ उपकुलपतिको नियुक्ति गर्ने व्यवस्था छ। यससँगै केयूको नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक ब
काठमाडौँ। प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ ।गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय ‘फोकल’ शिक्षक गरी ३० जना सहभागी रहेको उक्त तालिममा विद्यालयलाई वातावरणमैत्री, दिगो र जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति, कार्यढाँचा तथा व्यवहारिक पक्षबारे विस्तृत छलफल गरिएको थियो। तालिममा नेपाल सरकार तथा युनेस्कोक
काठमाडौं। मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत बिए प्रथम वर्ष २०८१ सालतर्फको आंशिक परीक्षाको नतिजा सार्वजनिक हुन ढिलाइ भएपछि विद्यार्थीहरू निराश बनेका छन्।२०८१ मै सम्पन्न हुनुपर्ने परीक्षा विभिन्न कारणले पटक–पटक पछि सर्दै अन्ततः २०८३ साल जेठ १८ देखि २७ गतेसम्म सञ्चालन गरिएको थियो। उक्त परीक्षामा दुई हजार ४ सय ३० जना परीक्षार्थी सहभागी भएका थिए।विद्यार्थीहरूका अनुसार परीक्षा सञ्चालनमै करिब एक वर्ष ढिलाइ भएको अवस्थामा अब नतिजा पनि समयमै नआउँदा उनीहरूको शैक्षिक तथा व्यावसायिक योजना प्रभावित भएको छ। एक–दुई विषयको नतिजा नआएका कारण धेरै विद्यार्थी उच्च शिक्षा भर्ना, रोजगारीका अवसर, प्रवेश परीक्
काठमाडौं— मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा काठमाडौं महानगरपालिकाले सडकबाट उद्धार गरेका असहाय र घरबारविहीन व्यक्तिको स्वास्थ्योपचारमा सहयोग पुर्याउने उद्देश्यले आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रदान गरिने उक्त सहयोगमध्ये २७ लाख रुपैयाँ बालबालिकाको शिक्षा र बाँकी १३ लाख रुपैयाँ उद्धार गरिएका व्यक्तिको स्वास्थ्योपचारमा खर्च गरिने जनाइएको छ।यसका लागि काठमाडौं महानगरपालिका, आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस र मानव सेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतामा महानगरपालिका
काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विरुद्ध सरकारसमक्ष औपचारिक उजुरी परेको छ। तनहुँका एक शिक्षकले गीतले शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाको गरिमामाथि आघात पुर्याएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिबन्धको मागसहित लिखित निवेदन दिएका हुन्।तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले मन्त्रालयमा दर्ता गराएको निवेदनमा उक्त गीतमा प्रयोग भएका शब्द र प्रस्तुतीकरणले शिक्षण पेसाको सम्मानमा आँच पुर्याएको दाबी गरेका छन्। निवेदनमा गीतले महिला शिक्षकको छविलाई अमर्यादित बनाएको तथा
काठमाडौं / काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ ।विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेकी हुन् । मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए । उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला र प्रोत्साहनसमेत दिए ।छलफलका क्रममा मन्त
कञ्चनपुर। बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ ।नगरपालिकाले विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि–२०८३ अनुसार असार २८ गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार विद्यार्थी सङ्ख्या, शैक्षिक पहुँच, उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग र शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय समायोजन तथा डाउनसाइजिङ गरिएको हो ।निर्णयअनुसार जनप्रिय आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय (बजदिया), बिपी स्मृति आधारभूत
काठमाडौं— काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ ।विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेकी हुन् । मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए । उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला र प्रोत्साहनसमेत दिए ।छलफलका क्रममा मन्त्री पो
कोन्ज्योसोम। शिक्षाको पहुँच र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासमध्येको एक हो–बालमैत्री विद्यालयको अवधारणा । यसले विद्यालयको न्यूनतम र अपेक्षित मापदण्डहरू तय मात्रै गरेको छैन, विद्यालयको विकासमा सरोकार भएका पक्षहरुको भूमिकालाई पनि किटान गरेको छ । अभिभावकहरुले बालबालिकाको पढाइप्रति कसरी चासो बढाउने, समुदायले विद्यालयको विकासमा कस्तो भूमिका खेल्ने र विद्यालयले आफ्नो गुणस्तर कसरी बढाउँदै लाने भन्नेजस्ता सवालमा चरणबद्ध आधारहरु पनि अवधारणाले अँगालेको छ । विद्यालयमा हुने शारीरिक, मानसिक, भावनात्मक वा लैङ्गिक हिंसाले बालबालिकाको सिकाइ र व्यक्तित्व विकासमा दीर्घकालीन असर पार्ने भएकाले विद्
काठमाडौं। सरकारले हालै लागू गरेको शिक्षा नियमावलीको दशौँ संशोधनप्रति नेपाल शिक्षक महासङ्घले कडा असन्तुष्टि जनाएको छ। आफ्ना मुख्य मागहरू बेवास्ता गरिएको निष्कर्ष निकाल्दै महासङ्घले देशव्यापी आन्दोलनको तयारी सुरु गरेको जनाएको छ।महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार संशोधित नियमावलीले शिक्षक र विद्यालय कर्मचारीले लामो समयदेखि उठाउँदै आएका विषयलाई सम्बोधन गर्न नसकेको मात्रै होइन, शिक्षण पेशालाई थप जटिल बनाउने व्यवस्था पनि समेटेको छ।महासङ्घले विशेषगरी राहत, करार, बालविकास, सिकाइ अनुदान, प्राविधिक धार, साविक उच्च माध्यमिक तथा निजी विद्यालयमा कार्यरत करिब एक लाख अस्थायी प्रकृतिका शिक्षक र कर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.