शिक्षा

    Showing 511-520 of 791 items.
  • ६ बुँदे सहमति पछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लागेको ताला आइतबारदेखि खुलेको छ ।आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि ताला खोलिएको हो । विभिन्न माग राख्दै नेपाली कांग्रेसको विद्यार्थी सङ्गठनले माघ ६ गते र आंशिक प्राध्यापकहरूले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।अब विश्वविद्यालयको प्रशासनिक कामहरू नियमित हुने भएको छ । नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 154 पटक पढिएको
  • मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौं / शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २१ चैत २०७८ मा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरको हो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा ९४ जना उतिर्ण भएका छन् । उनीहरूको अन्तर्वार्ता यही असार २१ गते हुने छ । आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 178 पटक पढिएको
  • ५ महिनापछि खुल्यो त्रिविमा लागेको ताला

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयमा लागेको तालाबन्दी ५ महिनापछि खुलेको छ ।त्रिविको वेतिथी र भ्रष्टाचार अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको थियो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाका अनुसार सरकारले १५ दिनभित्र यस विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएपछि ताला खोलिएको हो । आफ्ना मागका विषयमा त्रिविको बेवास्ता कायमै रहेकाले १५ दिनभित्र माग पुरा नभए फेरी ताला लगाउने उनको भनाइ छ । यस विषयमा नेविसङ्घले शुक्रबार ३ बजे त्रिविमा धर्ना कार्यक्रम राखेको छ ।यता अनेरास्ववियु अध्यक्ष सुनिता बरालले लामो समयपछि ताला खुलेको भन्दै यसमा सकारात्मक भूमिका खेल्ने सबैलाई धन्यवाद दि

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 142 पटक पढिएको
  • कक्षा १२ को परीक्षामा इमेलबाटै प्रश्नपत्र : जोगियो राज्यको करिव दुई करोड

    काठमाडौं / कक्षा १२ को प्रश्नपत्र इमेलबाट पठाउने भएपछि राज्यको लाखौँ रुपैयाँ बचत हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले देशभरका परीक्षा केन्द्रमा सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्र ईमेल मार्फत पठाएको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले प्रश्नपत्र छपाइ नहुँदा छपाइमा लाग्ने कम्तीमा दुई करोड रुपैयाँ बचत भएको बताएका छन् । त्यस्तै प्रश्नपत्र छपाइका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४५ जना सुरक्षाकर्मी, बोर्डका सम्बन्धित पदाधिकारी करिब एक महिनासम्म जनक शिक्षा सामग्री केन्द्रमा बस्दा भत्ताबापत करिब २० लाख रुपैयाँ खर्च हुन्थ्यो ।त्यसबाहेक, सबै जिल

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 207 पटक पढिएको
  • भन्सार एजेण्टको नतिजा प्रकाशित, ८६० जना उत्तीर्ण (सूचीसहित)

    काठमाडौं / भन्सार एजेण्टको लिखित परीक्षाको परीक्षाफल प्रकाशित भएकाे छ । भन्सार विभागले गत वैशाख १६ गते सञ्चालन गरेको परीक्षाको परीक्षाफल प्रकाशित भएकाे हाे । लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अब लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको आगामी असार ५ गतेदेखि लोकसेवा आयोगसँगको सहकार्यका अन्तर्वार्ता हुनेछ ।विभागले भन्सार ऐन बमोजिम ६६० जना एजेण्ट थप गर्न भन्दै २०७७ चैत १६ गते सूचना प्रकाशित गरेको थियो । शुरुमा कोरोना महामारी र पछि उच्च अदालतको आदेशले परीक्षा सञ्चालन हुन सकेको थिएन ।अब लिखित परीक्षाको नतिजा प्रकाशित

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 167 पटक पढिएको
  • एलएलबी इन्ट्रान्स विरुद्धको मुद्दाको सुनुवाइ २० गते टुंगो लाग्ने

    काठमाडौं / सर्वोच्च अदालतले एलएलबीको इन्ट्रान्स रोक्न अन्तरिम आदेश माग गर्दै सोमबारका लागि पेसी तोकिएको मुद्दाको सुनुवाइ २० गतेका लागि सारेको छ । बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश पन्थीले दर्ता गराएको रिटमा सर्वोच्चले जेठ २० मा अन्तरिम आदेश जारी गर्ने–नगर्ने बारे छलफलका लागि पेसी तोकेको हो । सर्वोच्चले रिट मानवीय त्रुटि देखाएर २० गतेलाई सुनवाइ सारेको निवेदक पन्थीले जानकारी दिएका छन् । सर्वोच्चले यसअघि तीनवर्षे एलएलबी फेज आउट गर्न आदेश दिए पनि त्रिभुवन विश्वविद्यालयले सो  विषयमा विद्यार्थी भर्ना नरोकेको भन्दै यादव र पन्थीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।सर्वोच्च अदालतले एलए

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 177 पटक पढिएको
  • कक्षा १२ को परीक्षा आजदेखि शुरु

    बिर्तामोड / कक्षा १२ को परीक्षा आज (सोमबार) देखि शुरु भएको छ ।  बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी भएका छन । त्यस्तै परीक्षा ‘देशभरका एक हजार २९२ केन्द्रमा सञ्चालन भइरहेको छ ।        विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 143 पटक पढिएको
  • विद्यालयको प्रधानाध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार

    काठमाडौं / सरकारले विद्यालयको प्रधानाध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको छ ।आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्यार्थीहरूको क्षमता विकासका लागि सो व्यवस्था गरेको बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 170 पटक पढिएको
  • कक्षा १२ को परीक्षामा चार लाख १५ परीक्षार्थी सहभागी , प्रश्नपत्र अनलाइनबाटै

    काठमाडौं  / सोमबारदेखि देशभर एकैसाथ सञ्चालन हुने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।  सोमबार बिहान ८ बजेदेखि जेठ २५ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए । परीक्षाको प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 144 पटक पढिएको
  • कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि असार ३ सम्म सञ्चालन हुने

    काठमाडौं / कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस)  शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।  

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 141 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा