काठमाडौं— स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ ।

चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता गरेका गरेका थिए । २८ गते दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामवली सार्वजनिक गरिएको थियो ।

OM Sai Pathibhara Hospital

कतिपय क्याम्पसमा एउटै संगठनको दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद छ । त्रिविकै विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई समूहले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अध्यक्षको उम्मेदवार रहेको सूचीलाई मात्र समावेश गरेपछि कार्की समूह असन्तुष्ट हुँदै प्रिन्सिपल कार्यालयमा ताला लगाएका छन् ।