काठमाडौं— धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

निर्वाचन समितिका संयोजक डा.मुरारी अधिकारीले राजीनामा दिएपछि अनिश्चितकालका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

प्रमुख शर्माका अनुसार अर्को निर्वाचन समिति गठन भै निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।

निर्वाचन समितिका संयोजक डा.अधिकारीले निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा असहज परिस्थित उत्पन्न भएको बताउँदै बुधबार राजीनामा दिएका थिए ।

Nilkantha-bahumukhi-campus